असान्ज दूतावास छोडेर बाहिर जान सक्छन् : इक्वेडर

असान्ज दूतावास छोडेर बाहिर जान सक्छन् : इक्वेडर

इक्वेडर : इक्वेडरस्थित बेलायती दूतावासमा ६ वर्षयता निर्वासित जीवन बिताउँदै आएका विकिलिक्सका संस्थापक जुलियन असान्जले पछिल्लो केही समययता दबाव महसुश गर्न थालेको बुझिएको छ ।

निर्वासनमा रहेका उनले त्यस ठाउँ छोड्नुपर्ने दबाव भएको केही अभिव्यक्ति नै दिन थालेका छन् । असान्जले इक्वेडरले आफूलाई अमेरिकालाई हस्तान्तरण गर्न खोजेको बताएका छन् । जब कि, उनीविरुद्ध अमेरिकामा आपराधिक मुद्दा लगाउने तयारी भइरहेको छ ।

बेलायत सरकारले पनि यदी उनले दूतावास छोडेको खण्डमा उनी समातिने बताएको छ । इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले भने जुलियन असान्जका लागि बाहिरिनको लागि बाटो खुला रहेको बताएका छन् । मोरेनोले यदी असान्जले चाहेको खण्डमा इक्वेडरस्थित बेलायती दूतावास छोड्न सक्ने भन्दै उनी स्वतन्त्र रहेको बताएका हुन् ।

‘असान्जका लागि स्वतन्त्र भएर बाहिरिनको लागि बाटो खुल्लै छ,’ स्थानीय रेडियोसँग अन्तरवार्तामा इक्वेडरका राष्ट्रपति मोरेनोले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.