'डाँका' राजन : पेस्तोल देखाएर वित्तिय संस्था लुट्थे

'डाँका' राजन : पेस्तोल देखाएर वित्तिय संस्था लुट्थे

काठमाडौं : लुटपाटमा संलग्न राजन लिम्बुलाई प्रहरीले गोली प्रहारगरी नियन्त्रणमा लिएकाे छ। पक्राउ गर्न खोज्दा गोली चलाएपछि प्रहरीले लिम्बुमाथि गोली प्रहार गरेको हो।

लिम्बुले पेस्तोल देखाएर लुटपाट गर्ने गरेका थिए। उनले मंसिर १२मा इटहरी बजारमा रहेको एक्टिभ मनी ट्रान्सफरमा हतियार देखाएर तीन लाखभन्दा बढी रकम लुटेर फरार भएका थिए।प्रहरीका अनुसार उनी वित्तिय संस्था लुटपाटमा संलग्न कुख्यात डाँका थिए। 

महाशाखाको टोलीले लिम्बुका साथबाट टाइप–५४ पेस्तोल र त्यसको गोली समेत बरामद गरेको छ। लिम्बुलाई प्रहरीले उपचारका लागि ट्रमा सेन्टरमा लगेको छ। अपराध महाशाखाको टोलीले लिम्बुलाई कालोपुलबाट गोली प्रहार गरी नियन्त्रणमा लिएको हो। प्रहरीले लिम्बुको घुँडामा गोली हानेको छ। प्रहरीले हानेको गोलीले उनको अर्को घुँणामा समेत छेडेको बताइएको छ। 

महाशाखाबाट एसपी सोमेन्द्रसिंह राठौर र डीएसपी रुगम कुँवरको टोली अनुसन्धानमा खटिएको थियो। विभिन्न घटनामा संलग्न लिम्बुुको यसअघि महाशाखा र परिसरमा ६ भन्दा बढी उजुरी परेको प्रहरीको दावी छ। सो उजुुरीका आधारमा लिम्बुुलाई नियन्त्रणमा लिएको महाशाखाले जनाएको हो। 

लिम्बू विगत एक दशकभन्दा बढी समयदेखि विभिन्न डाका मुद्दामा संलग्न रही फरार रहँदै आएको प्रहरीले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.