धरहरा बन्दा भत्किने भवनमा लाखौं खर्च

धरहरा बन्दा भत्किने भवनमा लाखौं खर्च

काठमाडौं : गोश्वारा हुलाकले धरहरा बन्दा भत्किने  भवनमा लाखौं खर्च गरेको छ। सुन्धाराबाट सार्ने प्रक्रिया चलिरहेकै बेला कार्यालयले भत्किने भवनमा १५ लाख भन्दा बढी खर्च गरेको खुलेको हो। 

गोश्वारा हुलाक कार्यालय प्रमुख वेदप्रसाद भण्डारी  भत्काउने कार्यालयको मर्मत गरेको स्वीकार गर्छन्। कार्यालय सर्ने–नसर्ने अन्योलता भइरहेका बेला भवनलार्इ मर्मत गरेको भण्डारीले बताए।  ‘२०७४ माघमा कार्यालयको पार्टेसन गरिएको हो। पार्टेसन गर्दा करिब १० लाख खर्च भएको छ। 

सँगै कार्यालयमा भर्खरै कार्पेट र रंग लगाइएको छ।  रंग लगाउने खर्च भवन विभागले दिएको हो। ‘कार्पेटको करिब दुई लाख र पार्टेशनको खर्च हामीले नै व्यहोरेका हौं’, भण्डारीले भने, ‘त्यो बेला कार्यालय भत्किदैछ भनेर पक्का थिएन।’

 
सरकारले धरहरा पुनर्निर्माणका लागि सुन्धारा वरिपरीको जग्गा खाली गर्नुपर्ने निर्णय २०७३ सालमै सार्वजनिक गरेको थियो। भण्डारीका अनुसार पार्टेसनमा १२ लाख, कार्पेटमा करिब दुर्इ लाख खर्च भएको छ। कार्यालय सार्ने अन्योल भइरहेको बेला सामान थन्किरहेकोले सबै काम गरिएको कार्यालय प्रवक्ता निर्मला थापा बताउँछिन्। 

उनका अनुसार थन्किएको सामान उपयोगका लागि कार्यालय डेकोरेशन गरिएको हो। ‘सामान ल्याइसकिएको थियो थन्किनुभन्दा उपयोग गरौं भनेर यो काम गरेका हौं’, प्रवक्ता थापाले भनिन्,‘कार्यालय सार्दा लिएर जानेगरी सामानहरू प्रयोग गरेका छौं।’   

बेवारिसे बन्दै हुलाक

गोश्वारा हुलाकले कार्यालय नयाँ कार्यालय नपाउँदा  बेवारिसे अवस्थामा छ। धरहरा निर्माणकार्य सुरु भएपछि पुनर्निर्माण प्रधिकरणले हुलाकलार्इ भवन खाली गरिदिन पत्र पठाइसक्रदा पनि नयाँ कर्यालय नभेट्टाउँदा अलमलमा परेको हो।

अन्तिम अवस्थामा कार्यलयलार्इ बबरमहलस्थित वाणिज्य विभाग परिसरमा रहेको जग्गामा प्रिफेबको टहरा बनाएर सार्ने तयारी थियो। तर, चारखालस्थित हुलाक विभागको निर्माणाधिन भवनको विवाद मिलेपछि यो तयारी स्थगित भएको छ। यद्यपी कार्यालय सर्नेबारे अझै अन्योलता कायम छ।

‘विभिन्न निकायका मानिसको छलफलबाट विवाद मिलेको छ, अब निर्माण भइरहेको भवन छिटो भन्दा छिटो पूरा गर्नुपर्ने छ’, हुलाक विभागकी निर्देशक मैयादेवी धमला भन्छिन्, ‘भवन कहिले बनिसक्छ त्यो अहिल्यै भन्न सक्ने अवस्था छैन।’
 
सरकारले धरहरा पुनर्निर्माण एकीकृत गुरुयोजनामार्फत विभागको निर्माणाधिन भवन हुलाक कार्यालयलार्इ दिने निर्णय गरेपनि कहिले सर्ने टुंगो नलागेको हुलाक कार्यालयकी प्रवक्ता थापाको भनाइ छ। उनका अनुसार हुलाक विभागले भवनको विवाद मिलिसकेको भनेपनि भवन कहिले तयार हुन्छ भन्ने कुरा अझै अन्योल छ।

हुलाक विभाग भवनको निर्माणकार्य २०६७ सालमा सुरु भएको हो। विभिन्न विवादका कारण केही समयमै भवनको निर्माणकार्य रोकिएको थियो। पछि फेरि सुरु भएर रोकियो। अहिले भवन निर्माणको आधा काम बाँकी नै छ। अर्कोतर्फ हुलाक कार्यालयलार्इ छिटोभन्दा छिटो सार्नुपर्ने भन्दै प्रधिकरणले दबाब दिँदै आएको छ।   

धरहरा पुनर्निर्माणमा कठिनार्इ

गोश्वारा हुलाकलगायत आसपासका भौतिक संरचना सार्न नसक्दा  धरहरा पुनर्निर्माणमा समस्या उत्पन्न भएको छ। दुई वर्षअघि मन्त्रिपरिषद्को बैठकले गोश्वारा हुलाक र टक्सार विभागको जग्गा अधिग्रहण गरी धरहरा पुनर्निर्माण गर्ने निर्णय गरेको थियो। 

निर्णय भएको दुई वर्ष बितिसक्दा कार्यालय नसर्दा  पुनर्निर्माणमा समस्या भएको हो। यतिमात्र होइन कार्यालयमा आउने कर्मचारीलाई समेत आवत जावत गर्न समस्या भएको हो। हुलाक कार्यालयकी प्रवक्ता थापाका अनुसार धरहरा निर्माणका लागि अफ्ठ्यारो भएको भन्दा हुलाकको एउटा मात्र गेट खोलेर काम भइरहेको छ।  

पुनर्निर्माण प्राधिकरणले पनि हुलाक कार्याललार्इ तत्काल सार्न निर्देशन दिएको छ। गत महिना बसेको प्राधिकरणको बैठकले अबको एक महिनाभित्र कार्यालय स्थानान्तरण गरिसक्नुपर्ने निर्देशन दिएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.