वडा अध्यक्षको मृत्यु

वडा अध्यक्षको मृत्यु

प्यूठान : प्यूठान नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष खिमबहादुर विष्टको निधन भएको छ। एक वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित विष्टको शुक्रबार निधन भएको हो।

फ्लोअपका लागि चितवन लैजादै गर्दा दाउन्ने नजिकै मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ। ५८ वर्षी य विष्ट स्थानीय तह निर्वाचनमा साविकको एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। विष्टका श्रीमती, दुर्इ छोरा र दुई छोरी छन्।

विष्टको शनिबर २ नम्वर वडा कार्यालयमा अन्तिम श्रद्धाञ्जलिसभा गरी अन्तिम दाहासंस्कार गर्ने कार्यक्रम रहेको प्यूठान नगरपालिका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले जानकारी दिए । साविकको नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेसको गठवन्धनलाई तोड्दै विष्ट वडा अध्यक्षमा निर्वाचित भएका थिए। उनले ८ सय र प्रतिस्पर्धी माओवादीका हरी बिएमले ६ सय ४५ मत पाएका हुन्।

गाउँको विकासलाई नजिकसँग बुझेका विष्ट सालिन स्वभावका थिए। तत्कालीन ०४६ सालमा नेकपा मालेमा आवद्ध उनी दाखाक्वाडी गाउँकमिटीको संस्थापक थिए। पारिवारमा सदस्य विभिन्न पार्टीमा आस्था राखेपनि उनी निरन्तर कम्युनिस्ट पार्टीमै सक्रिय रहे। कानुनी प्रावधान अनुसार रिक्त पदमा ६ महिनापछि पुनः निर्वाचन गराउने व्यवस्था रहेको नगरप्रमुख कक्षपतीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.