कांग्रेस र फोरम एकताका लागि गठित समितिले पूर्णता पायो
काठमाडौं : नेपाली कांग्रेस र विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच एकताका लागि गठित समितिले पूर्णता पाएको छ।
उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित समितिले शुक्रबार पूर्णता पाएको हो। समितिका सदस्यमा कांग्रेस उपसभापति गच्छदार, केन्द्रीय सदस्य महेस आचार्य र दीपक गिरी रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
समितिले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका पार्टीगत संरचना एवं भ्रातृ र शुभेच्छुक संघ संस्थाको समायोजन सम्बन्धि आवश्यक कार्य गरी केन्द्रीय कार्यसमितिको बैठकमा प्रतिवेदन पेश गर्नेछ।