सरकार दलालबाट निर्देशित : चित्रबहादुर केसी

सरकार दलालबाट निर्देशित : चित्रबहादुर केसी

बागलुङ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार दलाल र ठेकेदारबाट निर्देशित भएको आरोप लगाएका छन्। 

राष्ट्रिय जनमोर्चा बागलुङको छैठौं जिल्ला अधिवेशनको गलकोटमा उद्घाटन गर्दै अध्यक्ष केसीले दुई तिहाइको शक्तिशाली सरकार भए पनि संघीय सरकार गतिशिल बन्न नसकेको बताए। उनले अबका दिनमा पनि सरकार जनताको समस्या हल गर्ने दिशामा जान नसक्ने पनि दाबी गरे। 

विदेशी ऋणको भरमा देश चलेको दाबी गर्दै अध्यक्ष केसीले जनशक्ति विदेश पठाएर रेमिट्यान्सले अब देश नबन्ने बताए।

‘अहिलेको दुई तिहाइको बलियो सरकार आयो, अब स्थायित्व र समृद्धि हुन्छ भन्ने केही विश्वास थियो,’ अध्यक्ष केसीले भने, ‘तर सरकार दलाल, ठेकदार र माफियाको चगुंलबाट कत्ति पनि बाहिर आउन सकेन।’ 

अब आफूले उठाएको संघीयता विरोधी एजेण्डा बोकेर राष्ट्रियताको रक्षाका लागि लाग्ने उनले उद्घोष गरे।  अहिले कायम प्रदेश सरकार कामकाजी नभएको आर्थिक बोझ मात्र थपेको भन्दै अब प्रदेश सरकार खारेज गर्नुपर्ने समेत उनले बताए। 

भारतीय नाकाबन्दीका बेला राष्ट्रवादी छवी बनाएका वर्तमान प्रधानमन्त्री केपी ओलीको अहिलेको सरकार भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद तथा युरोपियन युनियनको दलाली  गरेर सत्ता टिकाउन केन्द्रित भएको आरोप उनको छ। 

देशमा राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक रुपान्तरण हुन नसकेको उल्लेख गर्दै अब समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिए। अहिलेको संघीय राज्य व्यवस्थाले जनताको टाउकोमा कर थोपर्ने काम बाहेक अरु केही नगरेको उनको जिकिर थियो।

‘संघीयता न नेपाली जनताले चाहेर आएको हो, न त नेपाली नेताको दिमागको उपज नै हो,’ अध्यक्ष केसीले थपे, ‘यो त अरु कसैको ईशारामा जनतामाथि लादिएको मात्रै हो। हामीले यसो नगर्न पटक पटक आवाज उठायौं तर हाम्रो आवाज सुनिएन, त्यसको परिणाम र परिदृश्य क्रमशः देखिदैछ।’ 

दुई दिनसम्म चल्ने सम्मेलनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने जिल्ला अध्यक्ष अमर थापाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.