नेपालमा ४० प्रतिशत एचआईभी संक्रमितको अवस्था अज्ञात

नेपालमा ४० प्रतिशत एचआईभी संक्रमितको अवस्था अज्ञात

काठमाडौं : नेपालका ४० प्रतिशत एचआईभी संक्रमितको अवस्था अज्ञात रहेको तथ्यांक बाहिर आएको छ । सन् २०१७ को तथ्यांकअनुसार नेपालमा ३१ हजार २० जना एचआईभी संक्रमितहरुको पहिचान भएको थियो । पहिचान भएकामध्ये ६० प्रतिशतको मात्रै अवस्था ज्ञात भएको एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) नेपालको राजधानीमा भएको दसौं वार्षिकोत्सवमा जानकारी दिइएको हो ।

एचआईभी÷एड्सको क्षेत्रमा सन् २००९ मेबाट नेपालमा कार्यक्रम सुरु गरेको एएचएफ नेपालका राष्ट्रिय कार्यक्रम प्रबन्धक दीपक ढुंगेलले पहिचान भएका ६० प्रतिशतमध्ये १५ हजार दुई सय ४० जना संक्रमितमात्रै उपचारमा रहेको जानकारी दिए ।

‘सन् २०१७ को तथ्यांकअनुसार मात्रै ४० प्रतिशत एचआईभी संक्रमितहरुको अवस्था अज्ञात छ’, उनले भने, ‘पहिचान भएकामध्ये ४ हजार ४४२ जना संक्रमितहरुमा उपचारको पहुँच पुगेको छैन ।’ उनले एचआईभी संक्रमित सबैलाई उपचारको पहुँचमा ल्याउन चुनौतीपूर्ण रहेको जानकारी दिए ।

‘लुकेका संक्रमितको अवस्था बाहिर ल्याउन त्यत्तिकै चुनौतीपूर्ण छ’, राष्ट्रिय कार्यक्रम व्यवस्थापक ढुंगेलले भने, ‘उनीहरुको पहिचान गर्न नसकिए नेपालमा एचआईभीको जोखिम झन् बढ्छ ।’

एएचएफ नेपालको दसौं वार्षिकोत्सव राजधानीमा एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. सुशीलनाथ प्याकुरेल र एएचएफको ग्लोबल एकाउन्टिङ तथा फाइनान्सियल अपरेसनकी वरिष्ठ निर्देशक मार्गरेटा म्यारोले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
उक्त अवसरमा स्वास्थ्य सचिव डा. प्याकुरेलले सबैले निर्धक्कसँग एचआईभीको जाँच गर्ने र समाजमा खुल्ने वातावरण निर्माण गर्न नेपालमा अझै चुनौती रहेको बताए । समाजमा विश्वास नबढाएसम्म एचआईभी संक्रमित खुल्न नसक्ने र उनीहरुले भेदभाव तथा लाञ्छना भोगिरहनुपर्ने उनको भनाइ थियो ।

‘एचआईभीको क्षेत्रमा उपचारको पहुँच, उपचार गर्ने जनशक्ति तथा उपकरणको वृद्धि र गुणात्मक उपचारको प्रत्याभूति पहिलो आवश्यकता हो’, स्वास्थ्य सचिव प्याकुरेलले भने, ‘हामीले एचआईभीको क्षेत्रमा ९० प्रतिशतको लक्ष्य लिएका छौं । त्यसले पुग्दैन । लक्ष्य शतप्रतिशत नै लिनुपर्छ ।’

एएचएफको ग्लोबल एकाउन्टिङ तथा फाइनान्सियल अपरेसनकी वरिष्ठ निर्देशक म्यारोले नेपाल सरकारको सहयोग र सहकार्यले नै नेपालमा एएचएफले आफ्नो दसौं वर्ष सफलतापूर्वक पार गरेको सुनाइन् ।

एचआईभी÷एड्ससम्बन्धी पैरवी र प्रवद्र्धन तथा जनचेतना फैलाउने र जाँच तथा उपचारमा एएचएफ सहकार्य गर्न सदैव तयार रहेको उनले वचन दिइन्।

एएचएफ नेपालले सन् २००९ मेमा टेकुस्थित सहिद शुक्रराज सरुवा रोग अस्पतालमा पहिलो एआरटी सेन्टर स्थापना गरेर सेवा सुरु गरेको थियो । अहिले देशका १५ सरकारी अस्पतालबाट उक्त सेवा विस्तार गरिएको राष्ट्रिय कार्यक्रम प्रवन्धक ढंगेलले जानकारी दिए । उनले एएचएफले चालू आर्थिक वर्षभित्र एआरटी सेवा प्राप्त हुने अस्पतालको संख्या १८ पु¥याउने लक्ष्य रहेको बताए ।

‘एएचएफ नेपालले पहिलो एआरटी सेवा सुरु गर्दा २५ जना एचआईभी संक्रमित सहभागी भएका थिए’, उनले भने, ‘अहिले यो संख्या दस हजारको हाराहारीमा पुगेको छ ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.