टिपरको ठक्करबाट काठमाडौंकाे ढल्कुमा एक जनाको मृत्यु

टिपरको ठक्करबाट काठमाडौंकाे ढल्कुमा एक जनाको मृत्यु

काठमाडौं : काठमाडौं महानगरपालिका–१७ स्थित ढल्कुमा टिपरको ठक्करबाट आज बिहान एक जनाको मृत्यु भएको छ। डल्लुबाट सोह्रखुट्टे आउँदै गरेको बा ३ ख ४२२० नम्बरको फोहरमैला बोक्ने टिपरले विपरीत दिशाबाट जाँदै गरेको बा ५१ प ६८६७ नम्बरको मोटरसाइकललाई बिहान १०ः५५ बजे ठक्कर दिँदा दुर्घटना भएको हो। 

दुर्घटनामा महानगरपालिका–१७ धोबीचौरका ३० वर्षीय अनिल गुरुङको मृत्यु भएको महानगररीय ट्राफिक प्रहरी महाशाखाका उपरीक्षक जयराज सापकोटाले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल ठमेलमा उपचारका क्रममा बिहान सवा एघारमा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.