विरोधीलाई काम गरेर जवाफ दिन्छौं : प्रधानमन्त्री ओली

विरोधीलाई काम गरेर जवाफ दिन्छौं : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नेलाई काम गरेर जवाफ दिने बताएका छन्। शनिबार  प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको नेपाल प्रगतिशिल इन्जिनियर एशोसिएसनको टोलीसँग ओलीले यस्तो बताएका हुन्। 

‘सरकारले जनताले दिएको अभिमतलाई सम्मान गर्दै जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गरिरहेको छ’, ओलीले भने, ‘केही मानिसले विरोध गरेका छन्। त्यसलाई हामी कामबाट जवाफ दिन्छौं।’

एशोसिएसनका अध्यक्ष शम्भुबहादुर श्रेष्ठको नेतृत्वमा बालुवाटार पुगेको टोलीले विभिन्न मागसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएको छ। प्रधानमन्त्री ओलीले इन्जिनियरका जायज माग पूरा गर्न आफू सकारात्मक भएको बताएका छन्। 

प्रधानमन्त्री ओलीले इन्जिनियर पेशलाई मर्यादित बनाएर यसको विश्वसनियता बढाउनु पर्नेमा जोड दिए। सरकार इन्जिनियरको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक तोक्न सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ। ‘तपाईंहरुको पेसागत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ’, ओलीले भने। 

‘समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि सुशासन र विकास पहिलो सर्त हो’, प्रधानमन्त्री ओलीले भने, ‘यसमा सरकार प्रतिबद्ध छ। सरकारको यो अभियानमा इन्जिनियरको साथ सहयोग जरुरी छ।’
 वर्तमान सरकार जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्न प्रतिबद्ध रहेको ओलीको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.