'व्यापार विवाद रोक्न चीन सकारात्मक'

'व्यापार विवाद रोक्न चीन सकारात्मक'

वासिङटन : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार वार्ता सकारात्मक दिशामा अगाडि बढेको बताएका छन्। ट्रम्पले ट्विट गर्दै भनेका छन्, ‘चीनसँग व्यापारबारे भएको वाताए कार्यान्वयनको दिशामा चीन निकै सकारात्मक रूपले अगाडि बढिरहेको छ।’

केही दिनअघि चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तापछि राष्ट्रपति ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार विवादको समाधान हुने विश्वास आफूलाई रहेको बताएका हुन्। अर्जेन्टिनामा भएको भेटवार्ताका क्रममा सीले करवृद्धिका योजना तत्काल स्थगन गर्नेगरी अमेरिकासँग भएको व्यापार प्रतिबद्धतालाई पूरा गर्ने प्रतिबद्धता जनाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी कारमा लाग्दै आएको कर घटाउने र तत्कालै अमेरिकी कृषिजन्य वस्तुको खरिद गर्ने चीनले प्रतिबद्धता व्यक्त गरेको धारणा सार्वजनिक गरे पनि त्यसबारे चीनले आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

यद्यपि चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले सञ्चारकर्मीलाई चीनले अर्जेन्टिनामा राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भएको सहमतिलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए।

यसैगरी अमेरिकासँगको आफ्नो व्यापार नाफा नोभेम्बरमा उच्च रहेको चीनले जनाएको छ। चिनियाँ भन्सार प्रशासनले दिएको तथ्यांकअनुसार चीनले नोभेम्बरमा अमेरिका पठाउने सामानमा वृद्धि हुँदा र अमेरिकी सामानको आयातमा कमी आएकाले ३५ अर्ब ६० करोड अमेरिकी डलर नाफा आर्जन गरेको देखिएको छ। ‘यो वर्षको नोभेम्बरमा चिनियाँ समानको अमेरिका निर्यात दरमा ९.८ प्रतिशतले वृद्धि देखिएको छ भने आयातमा २५ प्रतिशतको गिरावट आएको छ’, तथ्यांकमा भनिएको छ।

अमेरिकासँगको व्यापारबाट भएको नाफा यसै वर्षको अक्टोबरमा ३१ अर्ब ८० करोड डलर देखिएको थियो। चीन-अमेरिकाबीच देखिएको व्यापार विवादका कारण अमेरिकाले चिनियाँ सामानमाथि अतिरिक्त कर वृद्धि गरेको भए पनि व्यापारमा यसको प्रभाव अपेक्षा गरिएभन्दा अझ सकारात्मक देखिएको चीनको दावी छ। सन् २०१८ को ११ महिनामा चीनको अमेरिकासँगको व्यापार नाफा २ खर्ब ९३ अर्ब ५० करोड डलर रहेको र गत र्वको सोही अवधिमा व्यापार नाफा २ खर्ब ५१ अर्ब ३० करोड रहेको चिनियाँ अधिकारीले दाबी गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.