मोरङको भुटानी शरणार्थी शिविरमा आगलागी

मोरङको भुटानी शरणार्थी शिविरमा आगलागी

उर्लाबारी : मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको भुटानी शरणार्थी शिविरमा गएराति आगलागी भएको छ । आगलागीबाट शरणार्थीले सञ्चालन गर्दै आएको एक पसल पूर्णरूपमा जलेर नष्ट भएको छ । 

शनिश्चरे शिविर सेक्टर के-थ्री हट नं १४ बस्ने ४० वर्षीय टेकबहादुर राईले गर्दै आएको चिया तथा मिठाइको पसल जलेर नष्ट भएको हो । पसल पूरै जलेर नष्ट हुँदा १ लाख ५० हजार बराबरको क्षति भएको पथरीशनिश्चरे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिए। 

राई परिवारले सोही पसलबाट हुने कमाइले घरपरिवार चलाउँदै आएको थियो। पसलमा  कसरी आगो लाग्यो भन्ने कुरा खुल्न नसकेको शिविरका सचिव चम्पासिंह राईले जानकारी बताए । आगो लागेको आधा घण्टापछि दमकबाट आएको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । रासस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.