भिटामिन डीको कमीले वृद्धावस्थामा मानसिक समस्या

भिटामिन डीको कमीले वृद्धावस्थामा मानसिक समस्या

काठमाडौं : प्रौढ अवस्थामा भिटामिन डीको कमीले मानसिक समस्या देखापर्ने खतरा उच्च रहेको एक अध्ययनले देखाएको छ।आयरल्यान्ड विश्विवद्यालयका अनुसन्धानकर्ता इमोनका अनुसार भिटामिन डीको सम्बन्ध हड्डीका साथसाथै स्वास्थ्यसम्बन्धी अन्य भागसँग पनि रहेको हुन्छ।

त्यसैले यसको कमी भएमा हड्डीसँगै अरु रोगले पनि व्यक्ति प्रभावित हुने गरेको हो। अध्ययनले  भिटामिन डीको कमी भएमा प्रौढावस्थाका मानिस मानसिक समस्याबाट बढी प्रभावित हुने गरेको पत्ता लगाएको हो।

भिटामिन डी स्वास्थ्यका लागि अति आवश्यक तत्व हो।यसको कमीले मानव शरीरमा विभिन्न समस्याहरु देखा पर्छन्। शरीरमा भिटामिन डीको कमी भयो भने जोर्नी दुख्ने ,हड्डी कमजोर हुने र कतिपयमा अवस्थामा हड्डी कमजोर भएर चर्किने समस्या हुन्छ।

भिटामिन डीको काम हड्डी र दाँत बलियो बनाउने हो।यसको कमीले जुनसुकै उमेरसमूहका व्यक्तिहरु प्रभावित हुने गर्छन्। भिटामिन डीको कमीले व्यक्तिमा विभिन्न समस्याहरु देखा पर्न सक्छन्।

विभिन्न रोगसँगै हड्डी तथा नसासम्बन्धी रोगले प्रौढाअवस्थाका मानिस प्रभावित हुने गरेपछि उनीहरुमा मानसिक समस्याबाट प्रताडित हुने गरेका छन्। सोधका अनुसार प्रौढावस्थामा भिटामिन डीको कमीले व्यक्तिमा मानसिक समस्या ७५ प्रतिशत बढी रहने गर्छ। तर,आश्चर्यको कुरा केहो भने भिटामिन डी सजिलै प्राप्त गर्ने र सबैभन्दा सस्तो अौषधि हो।

भिटामिन डीको मुख्य श्रोत सूर्यको किरण हो।उनका अनुसार भिटामिन डीको सेवन सुरक्षित छ र अपेक्षाकृत सस्तो पनि छ। यस शोधले भिटामिन डीले स्वास्थ्यलाई हुने फाइदाबारे प्रमाणहरु पत्ता लगाएको छ। 

पोस्ट एक्युट एन्‍ड लंग टर्म केयर मेडिसिन नामक जर्नलमा उक्त समाचार प्रकाशित भएको छ।समाचारमा बताइएअनुसार  अनुसन्धानमा ५० वर्ष माथि उमेरसमूहका ४ हजार व्यक्ति समावेश गराइएको थियो। न्युज एजेन्सी


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.