हुम्लाका सुत्केरीलाई उधारोमा प्रसूति भत्ता

हुम्लाका सुत्केरीलाई उधारोमा प्रसूति भत्ता

हुम्ला:  जिल्लाका गाउँपालिकामा रहेका स्वास्थ्य केन्द्रले सुत्केरीलाई उधारोमा सुत्केरी भत्ता दिन थालेका छन्। केन्द्रबाट दिइने सःशर्ततर्फको वार्षिक विनियोजित बजेट प्राप्त नहुँदा यहाँका महिला उधारोमा प्रसूति भत्ता स्वीकार्न बाध्य भएका छन्।

नियमानुसार हिमाली क्षेत्रमा महिलाले बर्थिङ सेन्टरमा बच्चा जन्माएपछि एक हजार पाँच सय रुपैयाँ प्रसूति भत्ता पाउने व्यवस्था छ। सरकारले भत्ताको व्यवस्था गरेपछि यसरी बर्थिङ सेन्टरमा गएर बच्चा जन्माउने महिलाको सङ्ख्या निक्कै बढेको छ। 

केन्द्रले अनुमानका आधारमा बजेट विनियोजन गरेर पठाउँदा अनुमान गरेको भन्दा पनि बढी महिलाले बर्थिङ सेन्टरमा बच्चा जन्माएपछि हालसम्म प्रसूति भत्ता उधारोमा राख्नुपरेको हो। सरकारले उपलब्ध गराउने प्रसूति भत्ता बच्चा जन्मेको छ महिना पुग्दा पनि नपाएको गाउँपालिका-१ की लालशोभा बुढाले बताइन्।

आर्थिक वर्ष २०७४/०७५ मा धेरै महिला प्रसूति भत्ता पाउनबाट बञ्चित भएको गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीले बताए। सो अवधिमा गाउँपालिकाका पाँचवटै बर्थिङ सेन्टरमा एकसय ८० बच्चा जन्माएकोमा एकसय जनाले मात्र सो भत्ता पाएको र बाँकी उधारो राखेको संयोजक धामीले बताए।

केन्द्रबाट प्रसूति भत्ताका लागि दुई लाख पचास हजार बजेट आएको तर बर्थिङ सेन्टरमा बच्चा जन्माउने सङ्ख्या बढी भएकाले भत्ता नपुगेको उनले बताए। बर्थिङ सेन्टरमा बच्चा जन्माएर प्रसूति भत्ता नपाउने गाउँपालिका–१ जैरकी मन्दिरा बुढाले भनिन्, 'कि भत्ताको व्यवस्थै नगर्नु, गरेपछि सबैलाई पुग्ने व्यवस्था गर्नु ।' कतिपय महिला भत्ता कै लागि पनि बर्थिङ सेन्टरमा गएर बच्चा जन्माउने गरेको उनको भनाइ छ । गत जेठमा बर्थिङ सेन्टरमा बुढाले बच्चा जन्माएकी थिइन्।

अघिल्लो आर्थिक वर्षमा अपुग प्रसूति भत्ता यस आर्थिक वर्षको अहिलेसम्म पनि वितरण गर्न नसकिएको स्वास्थ्य संयोजक धामीले बताए। यसै आर्थिक वर्षमा पनि पचास भन्दा बढी महिलाले बर्थिङ सेन्टरमा बच्चा जन्माएको तर उनीहरूलाई भत्ता बितरण गर्न सकिएको छैन । यस वर्ष सरकारले हिलामी क्षेत्रमा प्रसूति भत्ता दोब्बर गरेर तीन हजार पुर्‍याएको छ । तर बजेट भने पाँच लाख मात्र विनियोज भएको छ । 

स्वास्थ्यचौकीमा एउटा मात्र औषधि

जिल्लाको मध्य सर्केगाड गाउँपालिका-२ रिप गाउँमा रहेको स्वास्थ्यचौकीमा औषधिको अभाव भएको छ। रिप स्वास्थ्यचौकीले बिरामीलाई ४२ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आए पनि अहिले उक्त स्वास्थ्यचौकीमा एउटा एन्टीबायोटिक बाहेक अरु औषधि नभएको स्वास्थ्य प्रमुख सुदर्शन बमले बताए।

गाउँपालिकाले औषधिका लागि बजेट नछुट्याएकाले स्वास्थ्यचौकी अन्योलमा परेको गाउँपालिका-२ का अध्यक्ष विशे महताराले बताए। 'बजेट पर्याप्त नहुँदा औषधि हालसम्म आइपुगेको छैन साथै गाउँपालिकाले पनि बजेट विनियोजन गरेकाले औषधिको अभाव भएको छु', स्वास्थ्य प्रमुख बमले भने। 

स्वास्थ्य स्वास्थ्यौकीमा औषधि नहुँदा दैनिक उपचार गर्न आउने आठ देखि १० बिरामीलाई फिर्ता पठाउने गरेको उनको भनाइ छ । स्वास्थ्यचौकीका लागि गाउँपालिकाले नै बजेटको व्यवस्था नगर्ने भनेपछि वडाले औषधिका लागि बजेट नछुट्याएको वडाध्यक्ष महताराले बताए। स्वास्थ्यचौकीमा औषधी नहुँदा गाउँपालिका-२ का स्थानीयवासी प्रत्यक्ष मारमा परेका छन्। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.