प्लास्टिक झोला कोट्याउँदा बम पड्कियो, दुई घाइते

प्लास्टिक झोला कोट्याउँदा बम पड्कियो, दुई घाइते

सिरहा : सिरहाको सिमावर्ती भगवानपुर गाउँपालिका ४ ठाडी स्थित बलानखोलामा बिहान शौच गर्न गएका दुईजना घाइते भएका छन्। घाइते हुनेहरुमा २७ वर्षीय संजय यादव र २८ वर्षीय ओमप्रकाश यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी माधवराज खरेलले जानकारी गराए।

घाइतेको उपचार भारतीय बजार लौकहामा भइरहेको छ। संजय र ओमप्रकाश बिहान शौच गर्न खोला पुगेका थिए। नाइलन प्लास्टिकको झोला हेरेपछि उनीहरु त्यसलाई केरकार गर्दा विस्फोट भएको थियो।

झोलाभित्र पान परागको बट्टामा बनाएको 'गोल्टीन बम' रहेको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय लहानका डीएसपी राजेश थापाले बताए। विस्फोट परेका दुवैजना समान्य घाइते भएको उनले जानकारी दिए। 

शुक्रबार पारी(भारतीय)पट्टी डकैती भएको थियो। भारतीय सुरक्षाकर्मीले डकैतीको केही समान दसगजामा शनिबार फेला पारेको थियो। डकैती गरी वारी भाग्ने क्रममा डकैतहरुले बम त्यहाँ छाडेको हुनसक्ने अनुमान गरिएको डीएसपी थापाले बताए। उनका अनुसार विस्फोट भएको स्थानमा पनि केही कागजात फेला परेका छन्।   
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.