नेपाल मेडिकल तथा ल्याब एक्सपो २०१८ हुँदै
काठमाडौं :आउँदो डिसेम्बर १४ देखि १६ सम्म भृकुटी मण्डपमा तेस्रो नेपाल मेडिकल तथा ल्याब एक्सपो २०१८ आयोजना हुने भएको छ। आयोजक एस.डी. प्रोमो मिडिया र केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालका अनुसार यो एक्सपो नेपालको स्वास्थ्य तथा ल्याब क्षेत्रको सबैभन्दा ठूलो व्यापार र ज्ञान आदान प्रदान गर्ने प्ल्याट फर्म हो ।
नेपाल मेडिकल एसोसिएसन, एसोसिएसन अफ इन्डियन मेडिकल डिभाइस इन्डष्ट्री, इइपिसी, द साइन्टिफिक इक्युपमेन्ट एण्ड फर्निचर एसोसिएसन, नेपाल एसोसिएसन अफ क्लिनीकल केमेस्ट्री तथा जर्मनीको हाइटेक इन्डष्ट्री एसोसिएसन स्पेक्ट्यारिसको सहयोगमा यो एक्सपो हुन लागेको हो।
नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिने उद्देश्यले नेपाल मेडिकल एण्ड ल्याब एक्सपो आयोजना हुन लागेको आयोजक पक्षले जानकारी दिए। एक्सपोमा मेडिकल एण्ड सर्जिकल इक्युपमेन्ट, डायगनोस्टिक्स, मेडिकल डिस्पोजेबल्स, फर्निचर एण्ड इन्फास्ट्रक्चर, आइ.टी. सर्भिस प्रोभाइडर, मेडिकल वेस्ट म्यानेजमेन्ट, प्यासिलिटी म्यानेजमेन्ट, कमप्लिट हस्पिटल प्रोडक्ट्स एण्ड सपोर्ट सर्भिसेस, ल्याब, एनालाईटिकल, साइन्टिफिक एण्ड बायोटेक्निकल इन्सट्रुमेन्ट्स एण्ड कन्ज्युमेबल्सको प्रदर्शनी हुने आयोजकले बताएको छ।
यो प्रदर्शनीमा २०० भन्दा बढी कम्पनी र ५०० भन्दा बढी ब्राण्डको उपस्थिति हुनेछ । यसमा दश मुलुकका अफिसरहरु, डाक्टरहरु, नीति निमार्णकर्ता, उद्योगपति तथा वैज्ञानिकको सहभागिता रहनेछ।