नेपाल शिक्षक महासंघ सर्लाहीको अध्यक्षमा यादव निर्वाचित।
मलंगवा : नेपाल शिक्षक महासंघ सर्लाहीको अध्यक्षमा नरेन्द्रप्रसाद यादव निर्वाचित भएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका साझा उम्मेद्वार राय आफ्ना निकटतम प्रतिस्पर्धीलाई आठ मतले पराजित गर्दै निर्वाचित भएका हुन्।
यादवले नौ सय ६३ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी कांगे्रस निकट नेपाल शिक्षक सङ्घका उम्मेदवार कौशलकिशोर राय यादवले नौ सय ५५ मत प्राप्त गरे।
त्यसैगरी नेपाल लोकतान्त्रिक शिक्षक फेडरेशनका रामेश्वर प्रसाद यादवले ८ सय ८४ मत प्राप्त गरेका छन्।