म्यानपावर व्यवसायी पतेनीभाट पक्राउ
![म्यानपावर व्यवसायी पतेनीभाट पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/pakrau_20181126115448_ndmWs7H18Z.jpg)
काठमाडौं : वैदेशिक रोजगार व्यवसायी गणेशबहादुर पतेतीभाट पक्राउ परेका छन्। बैदेशिक रोजगार विभागको अनुगमन टोलीले पतेनीभाटलाई सेवाग्राहीबाट ३ लाख ३५ हजार रुपैयाँ असुल्ने क्रममा पक्राउ गरेको हो।
बैदेशिक रोजगार विभागका प्रवक्ता भोलानाथ गुरागाईले बन्सुन्धरास्थित साव इन्टर्नेशनल ह्युमन रिसोर्समा छापा हानी प्रवन्ध निर्देशक पतेनीभाटलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिए।
विभागका शाखा अधिकृत हरिकृष्ण बुढाथोकीको नेतृत्वमा गएको विभागको तीन जनाको टोलीले युएइको अल जाफेर कम्पनीमा पीएसबिडी सेक्युरिटी गार्डको लागि पठाउने भन्दै तनहुँका कृष्ण सुवेदीबाट ३ लाख ३५ हजार रुपैयाँ लिने क्रममा नियन्त्रणमा हो। प्रवक्ता गुरागाईका अनुसार उजुरी आएपछि छापा हानिएको हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)