संकटमा प्रकृतिका कुचीकार

संकटमा प्रकृतिका कुचीकार

पोखरा : सिनो खाएर वातावरण सफा गर्ने प्रकृतिका कुचिकार गिद्ध संकटमा परेका छन् । नेपालमा ४०÷५० वर्ष अघिसम्म लाखौंको संख्यामा रहेका गिद्ध सन् २००० मा आइपुग्दा हजारौंमा झरेको गिद्ध संरक्षणमा काम गर्दै आएका पृथ्वीनरायण क्याप्पस पोखराका उपप्राध्यापक रामजी गौतामले बताए ।

नेपालमा दक्षिण एशिलामा पाइने सबै ९ प्रजातीका गिद्ध पाइन्छन् । सानो खैरो र डंगर प्रजातीका गिद्ध अती संकटापन्न प्रजातीका गिद्ध हुन् । हिमाली, सेतो, सुन गिद्ध लगायतका विभिन्न प्रजातीका गिद्धको लगातार घट्दै गएर संकटमा पर्दै गएको उनले बताए । कास्कीमा सन् २००६ मा साइन्टीफीकल स्टडी गर्दा ३२ वटा डंगर गिद्धका गुण फेला परेकोमा सन् २०१८ मा आइपुग्दा एउटा मात्र गुण फेला पारेका उपप्रध्यापक गौतमले बताए ।

गिद्धले वर्षमा एउटा मात्र अण्डा पार्छ । यसै गरि सन् २००६ मा कास्कीमा सानो खैरोको ८ , सेतो गिद्धको ९ वटा गुण फेला परेकामा सन् २०१८ मा सानो खैरोको एउटा पनि गुण फेला नपरको उनले बताए । सेतो गिद्धका दुईवटा मात्र गुण देखा परेको गिद्धका बारेमा साइन्टीफीक अध्ययन गरिरहेका गौतमले बताए ।

गिद्ध हत्त घट्नुको मुख्य कारण पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक औषधी हो । सन् २००० अघि दक्षिण एशिलामा लाखौंका संख्यामा गिद्ध मर्न थालेपछि बैज्ञानिकरुले सन् २००४ मा पशुको उपचारमा प्रयोग गरिने डाइक्लोफेनके औषधी यसको मुख्य कारण भएको पत्ता लगाएका थिए । डाइक्लोफेनेक औषधी उपचारमा प्रयोग गरेका जनावर मरेपछि गिद्धले आहाराका रुपमा खादा गिद्धको मृगौला नै बिग्रेर गिद्ध मरेको बैज्ञानिकले पत्ता लगाएका थिए । नेपालमा सन् २००६ मा डाकइक्लोफेनेक औषधी प्रतिबन्ध लगाई यसको बिकल्पमा मेलोक्सिक्याम्प औषधी प्रयोगमा हो ।

शुद्ध आहाराको कमी, वासस्थानको अभाव, सिनोमा विष हाल्ने प्रविद्धि लगायतका कारणले नेपाल लगायत दक्षिण एशियामा गिद्ध संकटमा पर्दै गएका छन् । गिद्ध संरक्षणकालागि नेपालमा गिद्धलाई शुद्ध आहारा उपलब्ध गराउन देशका बिभिन्न ठाउँमा गिद्धकालागि रेष्टुरेण्ट पनि संचालनमा छन । त्यस्ता रेष्टुरेण्टमा बृद्ध गाई गोरुलाई पालन पोषण गर्ने र प्राकृतिक रुपमा मरेपछि गिद्धलाई आहाराका रुपमा खुवाउने गरिन्छ । संरक्षणका प्रयायस भए पनि प्रयाप्त नभएको कारण प्रकृतिक कुचीकार गिद्ध लोप हुने अवस्थामा पुग्न थालेको संरक्षण कर्मी बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.