सुनसरीमा प्रहरीको गोली लागी एक जनाको मृत्यु

सुनसरीमा प्रहरीको गोली लागी एक जनाको मृत्यु

इटहरी : प्रहरीको गोली लागेर सुनसरीमा एक व्यक्तिको ज्यान गएको छ । कोसी गाउँपालिकास्थित तस्करले प्रयोग गर्ने रुटमा प्रहरीको गस्तीमाथि गोली प्रहार भएको र त्यसको जवाफी कारबाहीमा एक अज्ञात व्यक्तिको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । सुनसरी प्रहरी प्रमुख एसपी राजन अधिकारीका अनुसार आइतबार राति ८ः२१ बजेको समयमा प्रहरी गस्तीमाथि फायरिङ भएको थियो । 

नेपाल–भारत सीमाभन्दा करिब ३ सय मिटर उत्तरतर्फको मुसहरी टोल नजिक घटना भएको हो । एसपी अधिकारीले मृतकको पहिचान हुन नसकेको जानकारी दिए ।  उनका अनुसार गोली लागि मृत्यु हुने व्यक्ति तराई मुलका जस्तो देखिने अन्दाजी ३५ वर्षका छन् ।  मृतकको साथबाट गोली लोड भएको पेस्तोल फेला परेको र नजिकै लोड भएको अर्को  कटुवा पेस्तोल पनि भेटिएको प्रहरीले जनाएको छ ।  

तस्करहरुले प्रयोग गर्ने रुटमा राति करिब ५ जना हतियार धारी जस्ता देखिने व्यक्तिलाई रोक्न खोज्दा एक्कासी प्रहरीमाथि फायरिङ भएको बताइएको छ । प्रहरीका अनुसार जवाफ कारवाहीमा मारिएका व्यक्तिको कुम, ढाड र पेटमा गोली लागेको छ ।  मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित विपी प्रतिष्ठान पुया¥इएको छ । 

 


भुलसुधार : यसअघि यस समाचारमा सुनसरीका प्रहरी प्रमुखको नाम एसपी राजन अधिकारी हुनु पर्नेमा अन्यथा भएकाले सच्चाइएको छ - सम्पादक


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.