२ किलो सुनसहित रसुवागढीबाट एक जना पक्राउ
काठमाडौं : सोमबार रसुवागढी नाकाबाट २ किलो अवैध सुनसहित एक जना पक्राउ परेका छन् । चीनबाट नेपालतर्फ २ किलो अवैध सुन ल्याउँदै गरेको अवस्थामा रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ का ३७ वर्षीय निमादोर्जे तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी सन्तोष तामाङले जानकारी दिएका छन् ।
उनका अनुसार ना १ ज ६१७६ नम्बरको टाटासुमोमा सवार निमादोर्जे तामाङलाई सोमबार बिहान सवा ८ बजे रसुवागढीबाट २ किलोसहित पक्राउ गरिएको हो।
पक्राउ परेका तामाङ जिल्ला प्रहरी कार्यालय रसुवाको हिरासतमा रहेको र राजश्व अनुसन्धान विभागमा बुझाउने तयारी भएको डिएसपी तामाङ बताए । तस्करीमा प्रयोग भएको गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।