कौसीमा ‘सेम टाइम नेक्स्ट इयर’

कौसीमा ‘सेम टाइम नेक्स्ट इयर’

काठमाडौं : चिटिक्क परेको कोठामा एक जोडी रोमान्टिक मुडमा देखिएका छन्। मधुरो प्रकाशमा कोठाको दृश्य समेटिएको छ। विदेशी ह्विस्की र केही ग्लास ड्रिक्स टेबलमा राखिएको छ। कोठाको छेउमा रहेको खाटमा एक जोडी प्रेमीप्रेमिका केही असरल्ल अवस्थामा छन्।

जुत्ता र लुगा यत्रतत्र छरिएको छ। कोठामा सोफा, ड्रेसिङ टेबल, पियानो, टेलिफोन र ब्याग देखिन्छ। यस्तो लाग्छ, कतैबाट कोही आएर भर्खर रेस्ट गरिरहेको छ। पृष्ठभूमिमा मधुरो संगीत बज्छ। पुरुष पात्र खाटबाट जुरुक्क उठेर लुगा लगाउन थाल्छ, केही अप्ठ्यारो मान्दै महिला आफ्नो लुगा सम्हाल्दैछिन्। उनीहरू कुराकानीमा जुट्छन्।

कौसी थिएटरमा मञ्चन भइरहेको नाटक ‘सेम टाइम नेक्स्ट इयर’ को सुरुआती दृश्य हो यो। नोभेम्बर २३ देखि डिसेम्बर १५ सम्म यो नाटक मञ्चन हुँदैछ। नाटकलाई चे शंकरले निर्देशन गरेका हुन्।

नाटकमा पुरुष पात्र ‘जर्ज’ को भूमिकामा छन्, दिव्यदेव। उनी न्युजर्सीका बासिन्दा हुन्। उनी एउटा कम्पनीमा एकाउन्टेन्ट छन्। महिला पात्र ‘डोरिस’ को भूमिकामा छिन् आकांक्षा कार्की। उनी स्कटल्यान्डकी गृहिणी हुन्। उनीहरू दुवैजनाको बेग्लाबेग्लै घरपरिवार र छोराछोरी छन्। उनीहरू एक साँझ क्यालिफोर्नियामा सञ्जोगले भेटिएका अञ्जान पात्र हुन्।

उनीहरूको सामीप्यता बढ्दै जान्छ। सँगै रात बिताउँछन्। अनि मात्र उनीहरूबीच परिचय हुन्छ। आफ्नो परिवार, छोराछोरी, आम्दानीलगायतका विषयमा एकअर्कालाई बताउँछन्। एकअर्काको साथमा रमाएका जर्ज र डोरिस हरेक वर्ष उक्त मितिमा भेट्ने सहमति गर्दै अर्को दिन छुट्टिन्छन्। यसरी उनीहरू २४ वर्षसम्म वर्षको एक दिन उही कोठामा भेटिरहन्छन्। उनीहरूबीच बेग्लै खालको आत्मीयता छ। माया र विश्वास पनि अटुट छ।

२४ वर्षसम्म मानिसमा अनेक परिवर्तन आउँछन्। उनीहरू वृद्ध अवस्थामा पुग्छन्। जर्जले श्रीमती गुमाएको हुन्छ भने डोरिसको पनि श्रीमान् मरिसकेको छ। उनीहरूको जीवनका विविध आयामलाई कोठाभित्र समेटिएको छ। उनीहरूले भेट्ने कोठाको सजावट, आकारप्रकार र रूपरंग फेरिएको छैन। तर जिन्दगीका अनेक आयाम परिवर्तन भइरहेका छन्।

जर्ज श्रीमतीलाई लिएर पटकपटक बसाइ सर्छ। डोरिस कहिले कलेज भर्ना भएर विद्यार्थी बन्छे त कहिले अधिकारकर्मी। पछिल्लो समय ऊ आफ्नै व्यवसाय सुरु गरेर सफलता कमाइरहेकी छ। जीवनमा अनेक परिवर्तन आइरहे पनि जर्ज र डोरिसको सम्बन्ध स्थिर छ। एकअर्काप्रति विश्वास गरिरहन्छन्। कोठाभित्र उनीहरूबीच निकै आत्मीयता देखिन्छ। शारीरिक आकर्षणले नजिक भएका उनीहरू पछिल्लो समय भावनात्मक रूपमा नजिक देखिन्छन्।

प्रत्येक पटकको भेटमा उनीहरूको सोच, जीवन, व्यक्तित्व, काम र सम्बन्धमा परिवर्तन आएको देखाइएको छ। नाटक ६ वटा दृश्यमा विभाजित छ। दुईजना पात्र मात्रै मञ्चमा देखाइएको छ। हरेक भेटमा उनीहरूको उमेरलाई पनि समेट्न खोजिएको छ। पहिलो पटक उनीहरू सन् १९५१ मा भेटेका छन्। दोस्रो सिनमा उनीहरू भेटको पाँचौं वर्षगाँठ मनाएको दृश्य देखाइएको छ। तेस्रो सिनमा होटेलमा लामो समयदेखि यसै थन्किएर रहेको पियानोको कुरा गर्छन्। जर्जले पियानो बजाउन खोजेको देखाइएको छ।

‘सेम टाइम नेक्स्ट इयर’ नाटक ं बर्नाड स्लेडले सन् १९७५ मा लेखेका हुन्। उनी क्यानेडियन नाटककार र स्क्रिप्ट राइटर हुन्। यो नाटकले उनलाई चर्चाको शिखरमा पुर्‍याएको थियो। यो नाटक ओस्कार अर्वाडको लागि समेत नोमिनेसनमा परेको थियो।

नाटकले फरक विचार र फरक परिस्थितिमा पनि भावनात्मक सम्बन्ध कसरी मजबुत हुन सक्छ भन्ने देखाउँछ। करिब ५० वर्षअघिको अमेरिकी समाजमा लेखिएको यो नाटक आज पनि नेपाली समाजलाई पनि सुहाउनेछ।

निर्देशक चे शंकर भन्छन्, मानिसका जीवनका अनेक आयाममा आउने फरकफरक इमोसन, हाँसो, विचार, सोच देखाउने उपयुक्त नाटक हो ‘सेम टाइम दी नेक्स्ट इयर।

नाटकका पात्रले प्रयोग गर्ने संवाद अंग्रेजी भाषामा छ। नेपाली भाषा मात्र बुझ्ने दर्शकलाई संवाद बुझ्न कठिन हुन्छ। नाटकको पृष्ठभूमि पनि अमेरिकी समाजको छ। नाटक हेर्दाहेर्दै कुनै विदेशी कलाकारको अभिनयको झल्को आउँछ। पात्रको अभिनयमा जीवन्तता देख्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.