सुत्केरी हुनेलाई घ्यू उपहार !

सुत्केरी हुनेलाई घ्यू उपहार !

धनगढी : प्रसूति सेवाको लागि स्वास्थ्य संस्थामा आउन प्रेरित गर्दै कैलाली गौरीगंगा नगरपालिकाका स्वास्थ्य संस्थाले प्रसूति सेवा लिने सुत्केरीलाई घ्यू उपहार दिने गरेका छन् ।

गौरीगंगा नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी गराउन उत्प्रेरण दिन भन्दै एक किलो घ्यू उपहार दिने नीति नै लागु गराएको हो । यस्तो नीति चालू आर्थिक वर्षको सुरुवात देखि नै कार्यान्वनमा आएको नगरपालिका उपप्रमुख अचला चौधरीले बताइन् ।

चौधरीका अनुसार यही आर्थिक वर्षको प्रारम्भदेखि सुरु भएको यस कार्यक्रमबाट अहिलेसम्म १ सय ५० बढी महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएर एक–एक किलो घ्यू उपहार लिइसकेका छन् ।

अझै पनि ग्रामिण क्षेत्रमा घरमै सुत्केरी गराउने प्रचलन भएकाले त्यस्तो अवस्था जोखिमपूर्ण हुने भन्दै नयाँ कार्यक्रम लागू गरिएको चौधरीले बताइन् । ‘स्वास्थ्य संस्थामा सुत्केरी गराए बापत एक किलोग्राम शुद्व घ्यू उपहार दिने कार्यक्रम निकै लोकप्रिय भइरहेको छ,’ चौधरीले भनिन्, ‘यसले सुत्केरी आमाको स्वास्थ्यलाई पनि फाइदा गरेको पाइएको छ ।’

सुत्केरी भएपछि घ्यूले तन्दुरस्त बनाउन सहयोग गर्ने भएकाले यस्तो कार्यक्रम नगरपालिकाले अगाडि बढाइरहेको बताइएको छ । थारु समुदायको ठूलो संख्यामा बसोवास भएको यस नगरपालिकामा आधा भन्दा बढी महिला अझै घरमै बच्चा जन्माउने गरेका छन् ।

घ्यू उपहार पाउन स्वास्थ्य संस्थामा चार पटक गर्भवती जाँच गराएको हुनुपर्छ । यो अभियानमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको साथ र सहयोग रहेको बताइन्छ ।नेपाल सरकारले स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने चलनलाई बढावा दिन सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निशुल्क गर्नुका साथै सुत्केरीलाई यातायत खर्च वापत हिमालमा १५ सय, पहाडमा एक हजार र तराईमा पाँच सय रुपैयाँ प्रदान गर्दै आएको छ । केही स्थानीय तहले सस्थागत सुत्केरी बढाउन सरकारले दिने प्रोत्साहन भत्ता दोब्बर बनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.