यस्तो छ जनकपुरमा विवाह पञ्‍चमीको रौनक (तस्बिरसहित)

यस्तो छ जनकपुरमा विवाह पञ्‍चमीको रौनक (तस्बिरसहित)

जनकपुरधाम : जनकपुर यतिखेर विवाह पञ्चमीको रौनकतामा छ। मर्यादापुरुषोत्तम भगवान राम र आदर्श नारी सीताबीच त्रेता युगमा भएको विवाहलाई मिथिलाञ्चलबासीले प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवाहोत्सको रुपमा मनाउने गर्दछन्।

सप्ताहव्यापी राम 'जानकी विवाहोत्सव'ले जनकपुरधाम भरिभराउ भएको छ। विश्वका हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरस्थित जानकी मन्दिरलाई रंगीचंगी फूलमाला र बत्तीले बेहुली झैं श्रृङ्गारिएको छ।

नेपाल, भारत तथा अन्य मुलुकबाट विवाहपञ्चमीको हजारौं संख्यामा साधुसन्त, महन्थ, श्रद्धालु भक्तजनले जनकी मन्दिर बाह्रविघा(रंगभुमी मैदान)भरिभराउ भएको छ। पौराणिक परम्परा अनुसार सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन शनिबार जनकपुरधाम नगर दर्शन र आइतबार फूलबारी लिला सम्पन्न भएको छ। यसैगरी तेस्रोदिन धनुष यज्ञ, चौथोदिन तिलकोत्सव, पाँचौदिन मटकोर, छैंठौ दिन विवाहोत्स र सातौँदिन रामकलेवा मनाइने गरिन्छ।

जानकी मन्दिरलाई सजाउन भारतको कोलकत्ताबाट कम्तिमा ८ लाखको फूलमात्रै भित्रिएको छ। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनतीको अगुवाई गर्दै जनकपुर आइरहेका छन्। उनीसँगै भारतका पाँच सयको हाराहारीमा पाहुनाहरु जनकपुर आउने छन्। 

साताव्यापी हुने राजजानकी विवाह महोसत्सको अन्तिम दिन अर्थात् मंसिर २६ गते विशेष हुने छ।  मंसिर २६ गते प्रतिकात्मक रुपमा रंगभूमी मैदानमा स्वंयम्वर हुनेछ। विवाह महोत्सवको अवसरमा जनकपुरका विशाला मेला लागेको छ।

एक सातादेखि नै असंख्यक सवारी साधनमा हजारौंको संख्यामा मेला भर्नेहरु जनकपुर प्रवेश गरिरहेका छन् । जानकी मन्दिरले विवाहोत्सवमा सरिक हुन आएका साधुसन्तलाई पाहुनाको रुपमा स्वागत गर्दै  खानपान तथा बासको प्रबन्ध मिलाइएको छ। 

मिथिला चित्रकलाले यहाँको संस्कृति विश्वमा प्रख्यात छ। मिथिला परम्परा अनुसार विवाहपञ्चमी महोत्सवमा मेला भर्न आएकालाई प्रत्येक दिन साँझ जानकी मन्दिरमा आयोजन गरिएको प्रवचन, झाँकीबाट मनोरञ्जन प्रदान गरिन्छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.