आरक्षणले मात्रै पुग्दैन महिलालाई : मन्त्री अर्याल

आरक्षणले मात्रै पुग्दैन महिलालाई : मन्त्री अर्याल

काठमाडौं : भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपाली महिलाहरु अब आरक्षणमा मात्रै सिमित नभएर मूलधारको नेतृत्व गर्न पनि सक्षम रहेको बताएकी छन् ।

विभिन्न आन्दोलनमा महिलाको सहभागिता तथा नेतृत्वदायी भुमिकाको प्रसंग कोट्याउँदै अर्यालले महिला आरक्षणमै सिमित भएर बस्न नहुने आह्वान समेत गरेकी छन् ।

राज्य संचालन तथा नीति निर्माण तहमा पनि महिला पुग्न सक्षम रहेको भन्दै आफैँलाई कम आंकलन गर्न नहुने उनको भनाइ थियो । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन समारोहलाई सम्बोधन गर्दै काठमाडौंको बसन्तपुरमा मन्त्री अर्यालले यस्तो बताएकी हुन् । भाषणको क्रममा अर्यालले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारालाई कुनै पनि हालतमा सरकारले कठघरामा ल्याएरै छोड्ने ठोकुवा पनि व्यक्त गरिन् ।

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)को आयोजनामा बसन्तपुरमा १६ दिने अभियानको औपचारिक समापन गरिएको हो ।

यस क्रममा सामुदायिक वन उपभोक्ता महासंघ अध्यक्ष भारती पाठकले लैंगिक हिंसा विरुद्धको अभियान १६ दिनमा मात्रै सिमित नभएर हिंसा अन्त्य नहुन्जेल जारी रहने बताइन् । देशभरका महिलाले यस अभियानमा साथ दिएकोमा सबैलाई उनले धन्यवाद ज्ञापन गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.