मानव तस्करी आरोप लागेकी राजदूत शेर्पामाथि छानविन जारी

मानव तस्करी आरोप लागेकी राजदूत शेर्पामाथि छानविन जारी

काठमाडौं : अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले छानविन समिति समक्ष आफ्नो धारणा राखेकी छन्। मानव तस्करीको आरोप लागेपछि स्पष्टीकरणका लागि उनी आइतबार यहाँ आइपुगेकी हुन्।

उनले आइतबार राजनीतिक नेतृत्व र सचिवलाई भेटिन्। उनीबारे छानबिन गर्न बनेको समितिले उनीसँग सोमबारदेखि छलफल थालेको हो।समितिका सदस्यहरूले भने यसबारे बोल्न चाहेका छैनन्।

‘छानविनको क्रममा रहेकाले अहिले हामी बोल्न मिल्दैन। गम्भीर प्रकृतिको आरोप भएकाले यसको टुंगो सहज छैन,’ समिति एक सदस्यले भने, ‘सबै पक्षमार्फत जानकारी लिने र राजदूतको कुरा सुनेपछि हामी सुझाव दिनेछौं।’ आफ्नो सुझावको आधारमा सरकारले निर्णय लिने उनले बताए। 

परराष्ट्र मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालले छानबिन सकिएपछि सत्यतथ्य सार्वजनिक गर्ने बताए। ‘छलफल भएको सुनेको छु । छानविन समिति भएकोले अहिले नै बोल्न राम्रो हुँदैन,’ सहप्रवक्ता ढकालले भने, ‘सत्यतथ्य आएपछि मन्त्रालयले जानकारीमा ल्याउनेछ।’

परराष्ट्र मन्त्रालयका तीन सहसचिवको टोली बनाएर छानविन अघि बढाइएको हो। प्रशासन महाशाखा प्रमुख मणि भट्टराईको नेतृत्वमा अस्ट्रेलिया समेत हेर्ने महाशाखा प्रमुख तापास अधिकारी र शिष्टचारमाहापाल दीपक अधिकारी सम्मिलित टोलीले मन्त्रालय र उनका साथीहरूसँगको सम्पर्क लगायतका विषयमा छानबिन गरिरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.