फोरम नेपालको महाधिवेशन बैशाखमा

फोरम नेपालको महाधिवेशन बैशाखमा

काठमाडौं : संघीय समाजवादी फोरम नेपालले आगामी वैशाख २८ देखि ३० गते सम्म जनकपुरमा महाधिवेशन गर्ने भएको छ। अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँगको एकीकरणपछि फोरमको महाधिवेशन भएको छैन।

महाधिवेशनको म्याद तोकिए पनि फोरमले विभिन्न कारण देखाउँदै महाधिवेशन सार्दै आएको छ। दुई दिनयता काठमाडौंमा बसेको फोरमको केन्द्रीय समिति बैठकले आगामी वैशाखमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ।

महाधिवेशनका लागि सदस्यता नवीकरण माघ २५ गतेसम्म गरिसक्नु पर्ने, पुस १५ सम्म समिति बनाइसक्नु पर्ने, वडा, गाउँ, नगरपालिका, उपमहानगर र महानगरपालिकाको अधिवेशन फागुन २५ गतेसम्म सम्पन्न गरिसक्नु पर्ने निर्देशनसहितको कार्यतालिका पठाएको छ।

संघीय फोरम बैठकले महाधिवेशनको निणर्यसँगै विचार मिल्ने राजनीतिक दलसँग पार्टी एकीकरणका लागि गृहकार्य गर्न वार्ता समितिसमेत गठन गरेको छ। सहअध्यक्ष राजेन्द्र श्रेष्ठ नेतृत्वमा गठन भएको वार्ता समितिमा रकम चेम्जोङ, रामसहाय यादव, प्रकाश अधिकारी, इस्तियाक राई र महेन्द्र थापा रहेको फोरमले जनाएको छ।

राजपा नेपालसहित विचार मिल्ने पार्टीसँग एकीकरणका लागि छलफल अगाडि बढाउने जिम्मेवारी वार्ता समितिलाई दिइएको फोरमले जनाएको छ। फोरम नेपाल तथा राजपा संघ तथा प्रदेश सभा निर्वाचनमा प्रदेश २ मा सहकार्य गरेका थिए। २ प्रदेशमा फोरम र राजपाको संयुक्त सरकार छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.