गर्लान् सीले नेपाल भ्रमण ?

गर्लान् सीले नेपाल भ्रमण ?

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङ दुवैले अघिल्लो कार्यकालमा एक अर्काका देशको भ्रमण गरेनन्। भण्डारीको चीन र सीको नेपाल भ्रमण किन भएन सबैको चासोको विषय बनेको छ। भण्डारी भारत, श्रीलंका, युनाइटेड अरब इमिरेट्स, स्विट्जरल्यान्ड भ्रमणमा गए पनि चीन गइनन्। दोस्रो कार्यकालमा पनि खाडी र युरोप पुगिसकेकी उनी चीन जाने कुनै चर्चा छैन।

उपराष्ट्रपतिले भने बारम्बार चीन भ्रमण गरे। दोस्रो कार्यकालको पहिलो विदेश भ्रमणमा पनि उनी चीन नै गए। चीनबाट पनि मन्त्री, उपमन्त्री, दलको नेतास्तरीय निकै भ्रमण भए पनि राष्ट्रपति स्तरमा भ्रमण भएको छैन। भ्रमणको पहल सरकारले गरेन वा राष्ट्रपति दुवैतर्फबाट भएन त्यसको जानकारी परराष्ट्र अधिकारीहरूलाई नै होला। आलंकारिक राष्ट्रपति भएकाले सरकारले नै निर्णय नगर्दा चीन भ्रमण नभएको हुन सक्छ।

तर चिनियाँ राष्ट्रपति देशको कार्यकारी भएकाले उनले आफैं निर्णय गरी भ्रमण गर्न सक्छन्। तैपनि चीनले त्यसो गरेन। चिनियाँ राष्ट्रपति सीले सार्कमा नेपाल र भुटानको मात्र भ्रमण गरेका छैनन्। बाँकी सार्क राष्ट्रको भ्रमण गरिसकेका छन् वा महत्वपूर्ण सम्झौता गरिरहेका छन्।

राष्ट्रपति भण्डारीको भारत र चीन भ्रमणबारे सरकारले छलफल अघि बढाएको छैन। यसैबीच आइतबार स्वदेश फर्कनुअघि चिनियाँ राजदूत यु होङले उनीसँग भेट गरिन्। बढुवा भएर जान लागेकी नेपालका लागि चिनियाँ राजदूत होङले समेत बिदाइ भेटमा आफ्नो कार्यकालको समीक्षा गर्दै उच्चस्तरीय भ्रमणबारे चासो व्यक्त गरिन्। होङले नेपालका लागि आउने नयाँ राजदूतबारे जानकारी दिँदै राष्ट्रपतिस्तरीय भ्रमण दुवैतर्फ हुँदा सम्बन्ध अझै प्रगाढ जाने विश्वास चिनियाँ कूटनीतिज्ञको छ।

बढुवा भएर जान लागेकी नेपालका लागि चिनियाँ राजदूत होङले समेत बिदाइ भेटमा उच्चस्तरीय भ्रमणबारे चासो व्यक्त गरिन्।

राष्ट्रपति कार्यालयले भने आपसी हित, चासो र क्षेत्रीय सहकार्यलगायत विषयमा आपसी छलफल भएको बताएको छ। चिनियाँ राष्ट्रपति सीको आगामी नेपाल भ्रमणबारे होङको बिदाइ भेटमा छलफल भएको बताइएको छ। उनले सबैजसो मन्त्री, वरिष्ठ अधिकारीहरूसँग भेटघाट गरिरहेकी छन्।

यसै वर्षमा चिनियाँ राष्ट्रपतिलाई नेपाल ल्याउन पहल भएपछि दक्षिण एसियाको कूटनीतिकी जानकार होउ याङ्छीलाई नेपालका लागि राजदूतमा चीनले पठाउन लागेको बताइएको छ। उनी छिट्टै नेपाल आउँदै छिन्। उनले अघिल्लो कार्यकालमा चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण नगरेकाले पनि उनको नेपाल भ्रमणका लागि फेरि गृहकार्य सुरु भएको हो।

उच्च कूटनीतिक स्रोतका अनुसार सरकारले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन लगातार प्रयास गरिरहेको छ। उनी चैत पहिलो साता आउने तयारी भइरहे पनि अझै टुंगो लगाउन नसकिएको अधिकारीहरूले बताए। उनको समय त्यसै बेला मात्र खाली रहेकाले पनि भ्रमणका लागि बेइजिङस्थित नेपाली दूतावासले पहल गरिरहेको एक अधिकारीले बताए।

सरकारी अधिकारीका अनुसार नयाँ राजदूतले कार्यभार सम्हालेपछि भ्रमणसम्बन्धी छलफल अघि बढ्नेछ। यसैबीच नेपाल–चीन दुईपक्षीय सचिवस्तरीय बैठक पनि बेइजिङमा हुनेछ। बैठकमा समेत उच्चस्तरीय भ्रमणबारे छलफल हुनेछ। बैठकपछि भ्रमण हुने नहुने टुंगो लाग्ने परराष्ट्र अधिकारीको धारणा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.