मुगुमको प्रेम जोड्ने ‘कोके’ नृत्य

मुगुमको प्रेम जोड्ने ‘कोके’ नृत्य

मुगु : जुम्लागेन, थाङवा गउसहितका गहनाले झपक्कै सजिएर लामबद्ध नाचिरहेका थिए। अधिकांश युवायुवतीको पोसाकले नृत्य थप आकर्षक बनाएको थियो। प्रत्येक युवतीको टाउकोमा लनक (बर्को) थियो भने युवा पनि ‘मुगुम’ पोसाकले सजिएका थिए। यसरी मुगु र जुम्लाका विभिन्न क्षेत्रमा मुगुम युवायुवती लस्कर लागेर गीत गाउँदै नाच्ने गर्छन्।

जुम्ला बजारमा दुई दर्जन युवायुवती वरिपरि घुम्दै आफ्नै भाषाको गीतमा नाचेर रमाइलो गर्ने गर्छन्। दर्शकका लागि पनि यो नृत्य रमाइलो थिएन। मुगुम जातिमा दौतर उमेरका युवायुवतीबीच पे्रम साटासाट गर्न यसरी ‘कोके’ नाच नाच्ने प्रचलन छ। गाउँमा असल प्रेमको सुरुआत नै ‘कोके’ नाचेर सुरु हुने गर्छ, त्यसपछि मात्र वैवाहिक सम्बन्ध विस्तार हुन्छ।

 यो नाच शुभकार्य र उत्सवमा मात्र नभएर गाउँ छाडेर जाँदा पनि नाचिने जुम्लाका अगुवा नुर्बु ओङदी लामाले बताए। यसको अर्थ घुम्न जाँदा मन पराएकी पे्रमिकासँग प्रेम साटासाट गर्ने संकेत पनि हो। पश्चिम हिमाली क्षेत्रमा बसोबास गर्ने मुगुम जाति प्रत्येक वर्ष शरद ऋतुको सुरुआतसँगै एक महिनासम्म गाउँ छाडेर अन्यत्र जाने प्रचलन छ। जानुअघि र फर्केर गाउँ आइपुगेपछि पनि लामबद्ध भएर ‘कोके’ नाचेर छुट्टिने प्रचलन भएको नुर्बु ओङदीले बताए।

लोपोन्मुख जातिको सूचीमा पर्ने मुगुम जातिको परम्परागत भेषभूषा र गरगहनामा सजिएर विशेषगरी युवायुवती यो नृत्यमा सहभागिता जनाउने गर्छन्। त्यस क्षेत्रमा पुग्ने जो कोही पर्यटकका लागि यो नृत्य आकर्षण बन्ने गर्छ। मुगुम जातिअन्तर्गत पर्ने लामा, तामाङ र कर्मरोङको सबैभन्दा महत्वपूर्ण नृत्य ‘कोके’ भएकाले यसको अस्तित्व अझै कायमै रहेको माथिल्लो मुगुका खेन्पो सेनाङ ग्याम्जोले बताए। शुभकार्यमा समेत ‘कोके’ नाचिन्छ।

मुगुम समाजमा ‘कोके’ नाच असल प्रेमको पर्यायको रूपमा मानिन्छ। प्रेमपत्र, वार्तालगायतका प्रेमका अनेक शैली यो जातिमा पाइँदैन त्यसैले पनि यो नाचको महत्व बढेको उनले बताए। किशोर उमेरसमूहदेखि नै यहाँका केटाकेटीले नाचमा सहभागिता जनाउँछन्। वैवाहिक कार्यक्रमदेखि गाउँमा हुने अन्य कार्यक्रम र उत्सवमा मुख्य आकर्षण नै ‘कोके’ नृत्य बन्ने गर्छ। मुगु, जुम्ला, डोल्पा जिल्लामा समेत यो नृत्य नाचिने भए पनि हिजोआज लोप हुँदै गएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.