विवाह पञ्चमीमा एकदिन मात्रै सार्वजनिक विदा
जनकपुरधाम : रामजनकी विवाह पञ्चमीका अवसरमा प्रदेश २ का आठ जिल्लामा मात्र मंसिर २६ गते सार्वजनिक विदा दिइएको प्रदेश सरकारले स्पष्ट पारेको छ। विभिन्न सञ्चार माध्यममा प्रदेश सरकारले मंसिर २५ र २६ गते विदा दिएको भनेर प्रकाशित गरिएको समाचारमा सत्यता नरहेको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए। उनले भने- स्थानीय सरकारले विदा मिलाउने कुरा भएको छ। स्थानीय सरकारले कुनै जिल्लामा दुई दिन विदा दिएको हुनसक्छ।
उनले विवाह पञ्चमीका दिन मंसिर २६ गते बुधबारको विदा राजपत्रमै प्रकाशित भएको जानकारी दिए। मिडियामा मंसिर २५ र २६ गते दुई दिन विदा भनेर समाचार आएपछि प्रदेश २ का आठै जिल्लाका कार्यालय प्रमुखहरु अन्योलमा परेका छन्।