‘प्रधानमन्त्री ओलीमा शासकीय क्षमता देखिएन’
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीमा शासकीय क्षमता नभएको आरोप लगाएको छ।
बुधबार पार्टी कार्यालय सानेपामा राजनीतिक प्रस्ताव मस्यौदाका सन्दर्भमा तयार भएको प्रतिवेदनबारे जानकारी दिँदै प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो आरोप लगाएका हुन्। प्रवक्ता शर्माले कांग्रेसको राजनीतिक प्रतिवेदनले ओलीमा शासकीय क्षमता नदेखिएको ठहर प्रष्ट पारे।
कांग्रेस केन्द्रीय समिति बैठकमा मंगलबार राजनीतिक प्रतिवेदन पेश हुँदै छ। बैठकमा पेश हुनुअघि प्रवक्ता शर्माले प्रतिवेदनबारे जानकारी गराएका हुन्।
प्रतिवेदनमा राष्ट्रियता, लोकतन्त्र, धर्मनिरपेक्षतासँगै कांग्रेसको विगत र वर्तमान अवस्थाको बारेमा उल्लेख गरिएको प्रवक्ता शर्माले जानकारी दिए। केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन जारी छ।