संख्या नपुगेपछि संसदीय समितिको बैठक स्थगित

संख्या नपुगेपछि संसदीय समितिको बैठक स्थगित

काठमाडौं : गणपूरक सङ्ख्या नपुगेका कारण मंगलबा बस्ने भनेको अर्थ, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक स्थगित भएको छ। 

गणपूरक सङ्ख्याका लागि कम्तिमा २६ सांसद अनिवार्य उपस्थिति हुनुपर्ने हुन्छ। यद्यपी बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट १३ र अर्थ समितिबाट नौ सांसद मात्र उपस्थित भएकाले ११ बजेका लागि बोलाइएको संयुक्त बैठक स्थगित भएको हो।

बैठकमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई पुगेका थिए तर लामो समयसम्म अन्य सदस्य उपस्थित नभएपछि उनी सिहंदरबारबाट बाहिरिए। 

मंगलबार बस्ने भनिएको बैठकमा भारतीय कम्पनी जीएम आरले माथिल्लो मस्र्याङ्दी–२ जलविद्युत् आयोजनाको लाइसेन्स चिनियाँ कम्पनीलाई बिक्री गरिएका सम्बन्धमा सरकोकारवालबाट सत्यतथ्य सहितको विस्तृते जानकारी लिइने उल्लेख थियो। 

समितिका सभापति कृष्णप्रसाद दाहालले सदस्य विभिन्न कामकाजका लागि जिल्ला बाहिर रहेकाले बैठकमा अनुपस्थित भएको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.