कांग्रेसको राजनीतिक प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको राजनीतिक प्रतिवेदन सार्वजनिक भएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर कांग्रेसले राजनीतिक प्रतिवेदन सार्वजनिक गरेको हो।
प्रतिवेदनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीमा शासकीय क्षमता नभएको आरोप लगाएको छ।
बुधबार पार्टी कार्यालय सानेपामा राजनीतिक प्रस्ताव मस्यौदाका सन्दर्भमा तयार भएको प्रतिवेदनबारे जानकारी दिँदै प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो आरोप लगाएका हुन्।
राजनीतिक प्रस्ताव मस्यौदा समितिका संयोजक एवं पार्टीका उपसभापति विमलेन्द्र निधिद्वारा केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरेको नेपाली कांग्रेसको राजनीतिक प्रस्ताव १६ पृष्ठ लामो छ। प्रतिवेदनमाथि पुस ३ गतेसम्म बस्ने महासमिति बैठकमा छलफल हुनेछ।
प्रतिवेदनमा सरकारको चर्को आलोचना गरिएको छ भने पार्टीगत रुपमा कांग्रेसको धारणासमेत समेटिएको छ।