निर्मलाका लागि न्याय माग्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रधानमन्त्रीको पुतला दहन

निर्मलाका लागि न्याय माग्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रधानमन्त्रीको पुतला दहन

धनगढी :  निर्मला पन्तका लागि न्याय माग्दै सुदूरपश्चिम प्रदेश कार्यालय अगाडि प्रधानमन्त्री केपीशर्मा ओलीको पुतला दहन गरिएको छ। मंगलबार सरकार विरुद्ध नाराबाजी गर्दै युवाहरुले गृहमन्त्रीको राजिनामा समेत माग गरे।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको साढे ४ महिनासम्म पनि संग्लनलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै प्रदर्शन गरिएको हो।

निर्मलाका हत्यारालाई सार्वजनिक गर्न नसक्ने सरकार चाहिँदैन भन्दै युवाले न्याय माग्दै नाराबाजी गरे। 'गृहमन्त्री राजिनामा दे', 'बलात्कारीलाई कारबाही गर', 'प्रहरी दमन बन्द' गर जस्ता नाराबाजी गर्दै टायर बालेर प्रर्दशन गरे। 'सरकार भेटियो न्याय भेटिएन, लेखिएको निर्मला पन्तको तस्बिरसहितका पोष्ट टाँस्दै युवाहरुले सरकार हत्यारा लुकाएको आरोप समेत लगाए ।

प्रर्दशनकारीलाई टायर बाल्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो। केही बेर यातायातका साधानसमेत सञ्चालनमा रोक लगाइएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.