‘फलोअप’का लागि प्रधानमन्त्री ओली अस्पतालमा

‘फलोअप’का लागि प्रधानमन्त्री ओली अस्पतालमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली फलोअपका लागि अस्पताल पुगेका छन्। ओली मंगलबार दिउँसो ३ बजे  महाराजगञ्जस्थित मनमोहन कार्डियोभास्कुलर तथा थोरासिक सेन्टरमा पुगेका हुन्।

सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीको मुटुको अवस्था जाँच गर्ने क्रममा इसिजी र  इको गरिएको छ। 

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखिएको डा.श्रेष्ठले जानकारी दिए। प्रधानमन्त्री ओली कात्तिक दोस्रो साता  उपचारका लागि सेन्टरमा पाँच दिन बसेका थिए। 

चिकित्सकको सल्लाह अनुसार ओली मंगलबार फलोअपका लागि सेन्टर पुगेका हुन्। ओलीलाई अर्को फलोअपका लागि तीन महिनापछि आउन चिकित्सकले सुझाव दिएका छन्।

यसअघि कात्तिक १२ गते सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओली १६ गते डिस्चार्ज भएका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.