नेपाल-युएई सम्बन्ध जनस्तरमा : राजदूत

नेपाल-युएई सम्बन्ध जनस्तरमा : राजदूत

काठमाडौं : नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई) का राजदूत साइद हमदान अल नाकीले नेपाल–युएई सम्बन्ध जनस्तरमा बलियो बनाउन आवश्यक रहेको बताएका छन्। उनले राजधानीमा ‘नेपाल–युएई फ्रेन्डसिप सोसाइटी’ को औपचारिक घोषणा गर्दै भने, ‘युएईको विकासमा नेपालीको ठूलो भूमिका छ। नेपालीलाई युएईले भुल्न सक्दैन।’

उनले भने, ‘हाम्रो मनमनमा नेपाली छ। हामी नेपालसँग थप सहकार्य गरेर अघि बढ्छौं।’ दशलाख भन्दा बढी नेपालीले युएईको विकासमा सहकार्य गरिसकेको धारणा उनको थियो।

‘यतिबेला पनि अधिकतम नेपालीहरू युएईको विकासमा काम गरिरहेको हुनुहुन्छ। हामी उहाँहरूको कामको सम्मान गर्छौ’, उनले भने, ‘जनस्तरमा सम्बन्ध स्थापित भएकाले नेपालसँग सहकार्यमा सहजता आएको हो।’ नेपाल र युएईबीच पर्यटन, फलफुल, तरकारी, लगानीलगायतका विषयमा सहकार्य गर्न सकिने उनले बताए।

पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठको अध्यक्षता उक्त समाज स्थापना भएको हो। समाजको अध्यक्ष श्रेष्ठले भने, ‘दुई मुलुकबीचको सम्बन्ध थप उचाईमा लैजान काम गर्नेछौं। नेपालले पहिले नै दूतावास स्थापना गरेको भए पनि युएईले साढे दुईवर्ष अघि दुतावास खोलेर सम्बन्धमा नयाँ आयम थालेको हो।’ श्रेष्ठ फ्रान्सका लागि राजदूत रहेका थिए भने युएईमा पनि कार्यवाहक राजदूतको रुपमा काम गरेका करिअर कूटनीतिज्ञ हुन्।

नेपाल र युएईबीच ४१ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएको हो। प्रकृतिको टावर सगरमाथा र मानव रचित टावर खलिफा बुर्जाबीचको सहकार्यले पर्यटन भित्र्याउन सकिने उनको धारणा छ।

राष्ट्रपति, प्रधानमन्त्री स्तरमा भ्रमण भइसकेको भए पनि युएईबाट उच्चस्तरको भ्रमण नेपालले पर्खिरहेको भन्दै आर्थिक कूटनीतिमा जोड दिएर सम्बन्ध अघि बढाउनपर्ने धारणा उनको छ। कर्यक्रममा उपाध्यक्ष जेपी सापकोटाले दुई देशको महत्व झल्काएका थिए भने महासचिव दामोदर नेपालले युएईमा लामो समय योगदान गरेर फर्केकाहरूले दुई देशलाई थप जोड्दै अघि बढ्न सहयोग गर्ने बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.