कूटनीतिक प्रतिवेदन सार्वजनिक

कूटनीतिक प्रतिवेदन सार्वजनिक

काठमाडौं : परराष्ट्र मन्त्रालयले २०७४ साउनदेखि २०७५ असारसम्मको कूटनीतिक कार्यको वार्षिक गतिविधि सार्वजनिक गरेको छ। मन्त्रालयले आर्थिक वर्ष सकिएको पाँच महिनापछि मंगलबार पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरेको हो। पहिले यस्ता प्रतिवेदन मन्त्रालयको वेवसाइटमा राखिन्थ्यो। मन्त्रालयले पत्रकार सम्मेलन गरी ‘परराष्ट्र मामिलासम्बन्धी प्रतिवेदन, २०१७–१८’ नाम दिएर सार्वजनिक गरेको छ।

गतिविधि सकिएको पाँच महिनापछि अचानक मंगलबार दिउँसो एक बजे निम्ता दिँदै चार बजे सार्वजनिक गरिएको हो। ‘कूटनीतिक मामिलामा चासो राख्नेले हामीले कहाँ र कसरी हाम्रो नीति परिवर्तन गरेका छौं भन्ने जानकारी प्रतिवेदनबाट पाउनेछन्’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिवेदनलाई मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गर्दै भने, ‘सरकारले कूटनीतिक क्षेत्रमा गरेको कामको विवरण अध्ययन गर्न यो प्रतिवेदन उपयोगी हुनेछ।’ प्रतिवेदनमा वर्ष भरिकै गतिविधि समेटिएको छ।

गत वर्षको भन्दा विस्तृत, उपयोगी र परिस्कृत भएकाले कार्यक्रम नै गरेर सार्वजनिक गरिएको परराष्ट्रसचिव शंकरदास बैरागीले बताए।

परराष्ट्रसचिव ​चीनतर्फ

नेपाल–चीन दुईपक्षीय सचिवस्तरीय बैठकमा भाग लिन जानुअघि परराष्ट्र बैरागी कार्यक्रममा सहभागी भएका थिए। चीनमा परराष्ट्रसचिव स्तरीय बैठक बिहीबार बस्दैछ। उक्त बैठकले नेपाल–चीन सम्बन्धको समीक्षा र उच्चस्तरको भ्रमणबारे पनि छलफल गर्ने परराष्ट्र अधिकारीले बताए।

मन्त्रालयको उक्त प्रतिवेदनको सम्पादन परराष्ट्र मन्त्रालयका युरोप अमेरिका महाशाखाका प्रमुख, सहसचिव घनश्याम भण्डारीले गरेका हुन्। असार मसान्तसम्मको गतिविधि प्रतिवेदनमा समेटिएको छ। छिमेक र मित्रराष्ट्रसँगको सम्बन्ध, क्षेत्रीय तथा बहुपक्षीय फोरम, आर्थिक कूटनीति र प्रवासमा रहेका नेपालीका गतिविधिलगायतलाई समेटिएको छ।

राजदूत शेर्पाबारे निर्णय भएको छैन : ज्ञवाली

विवादमा परेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाबारे छानबिन चलिरहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए। यो विषय अझै निचोडमा पुगेको छैन भन्दै उनले छानबिनका क्रममा ने रहेको बताए। छानबिन प्रतिवेदन आएपछि ठोस निर्णयमा पुगिने उनको धारणा छ। ‘हामी अध्ययनकै क्रममा छौं। शेर्पाको विषयमा कुनै निर्णय भएकै छैन’, उनले भने।

उनी छानबिनमा परेपछि आइतबार काठमाडौं आइपुगेलगत्तै मन्त्रालयमा हाजिर भएर बयानमा उपस्थिति भएकी थिइन भने उनी आफ्नो बचाउको लागि राजनीतिक भेटघाटमा समेत उत्तिकै सक्रिय छिन्। शेर्पामाथि मानव तस्करीमा सहयोगी बनेको आरोप लागेकाले छानबिन समिति नैबनाएर काम थालिएको हो।

परराष्ट्रमन्त्री भारत जाँदै

परराष्ट्रमन्त्री ज्ञवालीले एसिया प्यासिफिक सम्मेलन आयोजना उपयुक्त समयमा भएको बताएका छन्। उनले सञ्चारमाध्यममा नकारात्मक रुपमा प्रचार भएकोमा दुख ब्यक्त गर्दै भने, ‘हामीले धेरै गर्ने अन्तर्राष्ट्रिय कार्यक्रम मध्ये यो एक हो। नेपालको शान्ति प्रक्रियाबारे विश्वलाई जानकारी दिन हामी खुम्चिने होइन। खुल्ला हुनुपर्छ।’

नेपाललाई सगरमाथा, लुम्बिनी र गोर्खा सैनिकको कुशलताले चिनाएको भन्दै अवका दिनमा शान्ति प्रक्रियामा पाएको सफलताको मार्केटिङ गर्दै नेपालले शान्ति कसरी ल्याउने समेत सिकाउन सक्ने रहेकोमा सरकारले गरेको कामको अनावश्यक विरोध भएको बताए। उनले नेपाल–भारत प्रवुद्ध समूहले तयार गरेको प्रतिवेदन छिट्टै दुवै सरकारले बुझेर लागू गर्ने प्रक्रियामा जाने बताए। परराष्ट्रमन्त्री ज्ञवाली भारत जाने तयारीमा छन्। उनी राइसेना डाइलगमा भाग लिन अर्को महिना भारत जान लागेका हुन्। उनलाई सुष्मा स्वराजको निमन्त्रणा आइसकेको छ। जनावरी ८ र ९ मा हुने उक्त डाइलगमा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.