‘ओलीमा शासकीय क्षमता देखिएन’

‘ओलीमा शासकीय क्षमता देखिएन’

काठमाडौं : कांग्रेस केन्द्रीय समितिमा राजनीतिक प्रतिवेदन पेस गरिएको छ। राजनीतिक प्रतिवेदन लेखन समितिका संयोजकसमेत रहेका उपसभापति विमलेन्द्र निधिले मंगलबार केन्द्रीय समितिमा प्रतिवेदन पेस गरेका हुन्। काठमाडौंमा शुक्रबारदेखि सुरु हुने महासमिति भेलामा समेत निधिले प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीमा शासकीय क्षमतामा नरहेको निष्कर्ष निकालेको छ।

प्रतिवेदनले सरकारको समीक्षादेखि विभिन्न राजनीतिक दलसम्बन्धी धारणा र कांग्रेसले लिने दिशाबारे उल्लेख गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए। ‘प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीमा शासकीय क्षमता देखिएन’, उनले भने। दुईतिहाइ बहुमतको र राजनीतिक वातावरणसमेत अनुकूल हुँदासमेत सरकारले कुनै सकारात्मक काम गर्न नसकेको उनको भनाइ छ।

केन्द्रीय समिति बैठकमा समेत केन्द्रीय सदस्यले राजनीतिक प्रतिवेदनमाथि धारणा राखिसकेको उनले बताए। यसअघि सोमबार मात्रै बैठकले महासमिति भेलामा पेस गरिने आर्थिक प्रतिवेदन पारित गरेको थियो। कांग्रेसको ऐतिहासिक सन्दर्भ, संविधानमाथिको स्वामित्व, वर्तमान अवस्था, सिद्धान्त र मान्यताअन्तर्गत राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र र संघीयताबारे कांग्रेसको धारणा राजनीतिक प्रतिवेदनमा छ।

प्रतिवेदनमा कांग्रेस राष्ट्रियतासहित स्वतन्त्रताको सार्वभौम सिद्धान्त, लोकतन्त्र, समाजवाद, संघीयता, गणतन्त्र मान्ने विचार भएको पार्टी भएको दाबी गरिएको छ। यसैगरी प्रतिवेदनले नेकपा एकदलीय निरंकुशता र जनवादी केन्द्रीयता लागू गर्न चाहने र जनताका स्वतन्त्रतामाथि नियन्त्रण गर्न चाहने कम्युनिस्ट विचार भएको पार्टी भएको आरोप लगाएको छ। राप्रपालाई भने परम्परावादी, राजावादी एवं दक्षिणपन्थी विचार भएको पार्टीको संज्ञा दिइएको छ। मधेसवादी दललाई जातीय अतिवाद र क्षेत्रीय अतिवादी भनिएको छ।

प्रतिवेदनले नयाँ शक्ति र विवेकशील साझा पार्टीका मूल्यमान्यता स्थापित हुनै नसकेको दाबी गरेको छ। पछिल्लो निर्वाचनमार्फत नेकपाले बहुमत ल्याएर सरकार बनाएपछि देशका कतिपय भागमा विद्यालयको पाठ्यक्रममा अनावश्यक परिवर्तन ल्याएर जनवादी शिक्षा प्रणाली सुरु गर्न खाजेको सन्देश दिएको प्रतिवेदनमा आरोपसमेत लगाइएको छ।


महासमिति भेलाको तयारी अन्तिम चरणमा

काठमाडौंमा शुक्रबारदेखि आयोजना हुने महासमिति भेलाको तयारी अन्तिम चरणमा पुगेको छ। भेला आयोजनाको खर्च करिब १ करोड पुग्ने प्रारम्भिक आकलन गरिएको पार्टी प्रवक्ता शर्माले जानकारी दिए। कांग्रेसले यस पटक महासमिति भेलामा आउनेहरूका लागी खानाको मात्रै व्यवस्था गरेको र सहभागीहरू आफैंले वासको व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ।

महासमिति भेलाको उद्घाटन र बन्दसत्र बग्गीखानास्थित यलम्बर पार्टी प्यालेसमा गर्ने निर्णय भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.