आदित्यनाथकाे स्वागतमा जनकपुरमा यस्ताे छ तयारी

आदित्यनाथकाे स्वागतमा जनकपुरमा यस्ताे छ तयारी

जनकपुरधाम : भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई स्वागतको भव्य तयारी गरिएको छ । उनको स्वागतमा जनकपुरमा पञ्चकन्या तयारी अवस्थामा रहेका छन् ।

सीताराम विवाह पञ्चमी महोत्सवमा सहभागी हुन मुख्यमन्त्री बुधबार भारतको लखनऊबाट विशेष विमानबाट जनकपुर विमानस्थल आउँदै छन्। अति विशिष्ट पाहुना आउने भएपछि अहिले सर्वसाधारणलाई जानकी मन्दिर प्रवेशमा रोक लगाइएको छ । बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएका सर्वसाधरणलाई मन्दिर प्रवेश गर्न दिइएको छैन।

सप्ताहव्यापी राम जानकी विवाहोत्सवुले जनकपुरधाम भरिभराउ भएको छ। विश्वका हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरस्थित जानकी मन्दिरलाई रंगीचंगी फूलमाला र बत्तीले बेहुलीझैं श्रृङ्गारिएको छ। नेपाल, भारत तथा अन्य मुलुकबाट विवाहपञ्चमीको हजारौं संख्यामा साधुसन्त, महन्थ, श्रद्धालु भक्तजनले जनकी मन्दिर बाह्रविघा (रंगभुमी मैदान) भरिभराउ भएको छ। 


उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले सोझै जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम तय गरिएको छ । पूजा सकिएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आयोजना गरेको दिवाभोजमा सहभागी हुन आदित्यनाथ मुख्यमन्त्री निवास मधेस भवन पुग्ने छन् । दिवाभोज सकिएपछि उनी बारहबिघा मैदानमा आयोजना हुने सीताराम स्वयम्वरमा सहभागी हुने बताइएको छ ।

विवाह पञ्चमी महोत्सवका लागि प्रहरीले तालिम प्राप्त कुकुरदेखि ड्रोन क्यामराबाट सुरक्षा निगरानीको प्रबन्ध गरेको छ। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आउने भएपछि प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।
प्रदेश नम्बर ३ को प्रदेश प्रहरी कार्यालय हेटौंडास्थित कुकुर शाखाका तालिम प्राप्त २ वटा कुकुर ल्याएर विशेष स्थानमा निगरानी बढाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.