युवाहरूले गरे गाउँपालिका अध्यक्षमाथि कुटपिट
रुकुम (पश्चिम) : बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी कुटपिटमा परेका छन्। मंगलबार राती आफ्नै घरमा बसिरहेका बेला अध्यक्ष केसीमाथि स्थानीय युवाहरूले कुटपिट गरेका हुन्।
प्रहरीका अनुसार कुटपिटपछि अध्यक्ष केसीको टाउकोमा तीनवटा टाँका लगाइएको छ। उनको अन्य ठाउँमा पनि चोट लागेको छ। अध्यक्ष केसीलार्इ मंगलबार राती नै बाँफिकोटस्थित स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो।
मदिरा सेवनगरी विवाहबाट फर्किरहेका युवाले अध्यक्षको घरमा ढुङ्गामुढा गरेको र घर बाहिर आएर त्यसो नगर्न आग्रह गरेपछि उनीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए।