भिएलएन सञ्चालक राम श्रेष्ठलाई ललितपुर अदालतबाट सफाइ

भिएलएन सञ्चालक राम श्रेष्ठलाई ललितपुर अदालतबाट सफाइ

काठमाडौं : ललितपुर जिल्ला अदालतले युवाहरुलाई रोजगारीका लागि मलेसिया पठाउने क्रममा ठगीको अभियोग लागेका भिएलएनका सञ्चालक राम श्रेष्ठलाई सफाइ दिएको छ ।

ललितपुर जिल्ला अदालतका श्रेष्तेदार चन्द्रप्रसाद तिवारीका अनुसार ठगीको अभियोग दावी नपुग्ने ठहर गर्दै न्यायाधीश विश्वमंगल आत्रेयको इजलासले श्रेष्ठलाई सफाइ दिइएको हो ।

अर्कातिर त्यही प्रकृतिको अर्को मुद्दा काठमाडौं जिल्ला अदालतमा पनि चलिरहेका बेला ललितपुरले श्रेष्ठलाई सफाइ दिएको हो । सरकार र राष्ट्रिय उपभोक्ता मञ्चले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा विचाराधीन अवस्थामा छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष ज्योति बानियाँले उच्च अदालत र काठमाडौं अदालतमा पनि मुद्दा चल्दाचल्दै ललितपुरबाट भएको सफाइ दिने निर्णय शंकास्पद रहेको भन्दै आश्चर्य प्रकट गरे । ‘हतार हतारमा मुद्दाको फैसला गरेको देखिन्छ, ‘उनले भने, ‘यसले अदालतको फैसलामा आंशका उब्जाएको छ ।’

तीन करोड ९६ लाख बिगोसहित श्रेष्ठको मुद्दा काठमाडौं अदालतमा विचाराधीन छ । मुल मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको अवस्थामा ललितपुरले त्यही प्रकृतिको मुद्दामा अभियोग दाबी नपुगेको भन्दै भिएलएनका सञ्चालकलाई सफाइ दिएको हो ।

काठमाडौंले गत जेठमै श्रेष्ठलाई १० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाडेको थियो । उक्त धरौटी कम भएको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो । त्यही मुद्दामा श्रेष्ठले पनि १० लाख धरौटी बढी भएको भन्दै पुनरावेदन गरेका छन् । दुवै निवेदन हाल विचाराधीन अवस्थामा रहेका बेला ललितपुरले सन्देहास्पद फैसला गरेको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.