नुवाकोटमा बलात्कार आरोपमा एक पक्राउ
![नुवाकोटमा बलात्कार आरोपमा एक पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/arrested_20180911053149_3ZNFI9N5S5.jpg)
नुवाकोट : नुवाकोटमा बलात्कार आरोपमा एक महिला बलात्कृत भएकी छन्। विदुर नगरपालिका ३ पिपलडाँडाकी ५५ वर्षीया महिला माइतबाट घर फर्किदै गर्दा मंगलबार राति बलात्कृत भएकी हुन्।
बलात्कार आरोपमा नुवाकोट प्रहरीले स्थानीय ५० वर्षीय रामशरण नेपालीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।
बलात्कार आरोपमा पक्राउ परेका नेपालीमाथि जबरजस्ती करणी र ज्यान मार्ने उद्योग गरी दुई मुद्दा दायर गरिएको उपरीक्षक भट्टराईले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)