साफ महिला फुटबल टोलीको तयारी सुरु

साफ महिला फुटबल टोलीको तयारी सुरु

काठमाडौं : आगामी फागुन २२ देखि चैत ८ गतेसम्म विराटनगरमा हुने पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली महिला टोलीको प्रशिक्षण र तयारी बुधबारबाट सुरु भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसपटक उपाधि चुम्ने लक्ष्यका सात महिला टोलीलाई तीन महिना अगाडिदेखि प्रशिक्षण सुरु गरेको हो।

टोलीका प्रशिक्षक हरि खड्काले तयारीका लागि ३३ जना खेलाडीलाई प्रशिक्षणमा समावेश गरेका छन्। प्रशिक्षणमा सहभागी खेलाडीमा यसअघि राष्ट्रिय टोलीमा रहेका, यू–१९ उमेरसमूहका र हालै काठमाडौंमा भएको प्रधानसेनापति कप अन्तर्राष्ट्रिय महिला फुटबलमा राम्रो खेलेका खेलाडी प्रारम्भिक छनोटमा परेको खड्काले बताए। अहिले महिला टोलीको प्रशिक्षण एन्फा मैदानमा सातदोबाटोमा हरेक बिहान सञ्चालन गरिनेछ। एक महिना काठमाडौं र त्यसपछि विराटनगर आसपासमा लगेर खेलाडीलाई प्रशिक्षण गराइने पनि एन्फाले जनाएको छ।

विराटनगरको सहिद रंगशालामा हुने महिला साफको समूह विभाजन यसअघि नै भइसकेको छ। नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा बंगलादेश, भुटान र पाकिस्तान छन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका छन्। नेपाली महिला टोलीले दुई महिनाअघि मात्र सन् २०२० मा जापानमा हुने ओलम्पिक छनोटको दोस्रो चरणमा स्थान बनाएको छ।

ओलम्पिक छनोट र साफलाई समेत लक्षित गरी महिला टोलीले चीनमा मैत्रीपूर्ण खेल र अभ्यास पनि गरेको थियो। नेपाल महिला साफमा हरेक पटक उपविजेतामा सीमित बनिरहेको छ। भारत च्याम्पियनसिपको साबिक विजेता हो। भारतले सबै संस्करणको उपाधि जितेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.