‘हिन्दू राष्ट्रका लागि कांग्रेससँग सहकार्य'

‘हिन्दू राष्ट्रका लागि कांग्रेससँग सहकार्य'

भरतपुर : राप्रपाका अध्यक्ष कमल थापाले कांग्रेससँग सहकार्य गरेर नेपाललाई हिन्दू राष्ट्रको रूपमा पुनर्स्थापना गर्न सकिने दाबी गरेका छन् । भरतपुरमा बुधबार पत्रकारसँग कुरा गर्दै उनले भने, ‘कांग्रेसका केही नेताले पनि हिन्दू धर्मको विषयमा वकालत गर्दै आएकाले धर्मको विषयमा सहकार्य गरेर अगाडि बढ्न सकिन्छ ।’

कांग्रेस र कम्युनिष्टप्रति जनतामा वितृष्णा बढ्दै गएकाले हिन्दू धर्मका लागि जनताले राप्रपालाई नै विश्वास गर्ने उनको भनाइ छ । ‘किनकी फरक धारको वैचारिक शक्ति बन्ने क्षमता र आवश्यक तत्व अब राप्रपासँग मात्रै छ’, उनले भने । २०६२÷६३ पछि नेपालमा संगठित र योजनावद्ध तरिकाबाट धर्म परिवर्तन गर्ने काम बढ्दै गएकाले त्यसलाई रोक्न आवश्यक रहेको उनले बताए । ‘यो १२ वर्षको अवधिमा करिब १० लाख जनतालाई भ्रम सिर्जना गरेर धर्म परिवर्तन गराइएको अनुमान छ’, उनले भने, ‘जुन कार्य नेपालको संविधानविपरित छ ।’ स्वेच्छाले धर्म परिवर्तन गर्न पाउने भए पनि भ्रम छरेर जबरजस्ती परिवर्तन गराएर नेपालको राष्ट्रिय पहिचानलाई संकटमा पारेको उनको भनाइ छ ।

‘जबरजस्ती धर्म परिवर्तनले संविधानमा उल्लेख भएको धर्म निरपेक्षताको उपहास भएको छ’, उनले भने, ‘अर्कोतर्फ सनातन हिन्दू धर्ममा आस्था राख्ने नेपालीलाई चुनौती दिइरहेको छ ।’ सरकार स्वयं जबरजस्ती धर्म परिवर्तन गराउने खेलमा लागेको उनले आरोप लगाए । प्रधानमन्त्रीजस्तो सम्मानित पदमा बसेर एउटा धर्म प्रचारक संस्थाले आयोजना गरेको विवादास्पद कार्यक्रममा उपस्थिति हुनु लज्जास्पद भएको उनले बताए । नेपाली जनताकै साथ र सहयोगबाट नेपाललाई हिन्दू राष्ट्र बनाउन सकिने अध्यक्ष थापाले बताए ।

‘कथम्कदाचित जनमत संग्रह भइहाल्यो भने पनि जनताले हिन्दू राष्ट्रको पक्षमै भोट हाल्नेछन्’, उनले भने । तर, धर्मजस्तो संवेदनशील विषयमा जनमत संग्रह गरेर राष्ट्रलाई विभाजित गर्न नहुने उनको भनाइ छ । ‘राजनीतिक सहमति र समझदारीको आधारमै हिन्दू राष्ट्र कायम गराउनुपर्छ’, उनले भने, ‘यदि सहमति नै हुन सकेन भने विकल्पको रूपमा बल्ल जनमत संग्रह गर्न सकिन्छ ।’

पार्टी एकता हुन्छ

थापाले पशुपति राणा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपासँग पनि छिट्टै पार्टी एकता हुने दोहो¥याए । ‘समान विचारधारा भएका दलहरूसँग पार्टी एकता गर्न सकिन्छ’, उनले भने, ‘पशुपतिजी र प्रकाशजीसँग प्रायः सबै विषयमा सहमति भइसकेको छ । उहाँहरूले गृहकार्यको समय मागेकाले मात्रै हामी रोकिएका हौं ।’ यसअघि राप्रपाले कात्तिक २६ गते नै पार्टी एकताको मिति तोकेको थियो । ‘उहाँहरूको गृहकार्य सकिएपछि हामी एकता गर्नेछौं’, उनले भने, ‘समान विचारधारा भएका पार्टीका लागि राप्रपामा सधैं ढोका खुला छ ।’

पार्टी एकता गर्दै फुट्दै गरेको राप्रपामा अबको एकतापछि पनि पार्टी फुटेमा राप्रपालाई जनताले नपत्याउने हुँदा गहिरो छलफल गरेर पार्टी एकता गर्न खोजिएको उनले बताए । ‘अब पनि पार्टी फुट्यो भने हामीलाई कसैले पनि पत्याउँदैन’, उनले भने, ‘जानाजान आफैं सिद्धिने काम गर्न त भएन । त्यसैले लामै समय लगाएर भए पनि कहिल्यै नफुट्ने गरी एकता गर्ने तयारीमा छौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.