गृहमन्त्री बादल र ईयुका राजदुत भिरोनिकाबीच भेटवार्ता

गृहमन्त्री बादल र ईयुका राजदुत भिरोनिकाबीच भेटवार्ता

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग युरोपियन संघ (ईयु)का राजदुत भिरोनिका कोडीले शिष्टाचार भेटवार्ता गरेकी छन्। गृहमन्त्रालयमा भएको भेटवार्ता नेपालमा विपद् व्यवस्थापनको क्षेत्रमा युरोपियन संघले गर्ने सहयोग र सहकार्यको विषयमा केन्द्रित रहेको थियो।

भेटमा गृहमन्त्री थापाले भूकम्प लगायत नेपालमा विभिन्न समयमा भएका विपद्का घटनामा संघले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमासमेत सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे। विपद् व्यवस्थापनका लागि अवाश्यक सामाग्री र दक्ष जनशक्तिको अभाव रहेको भन्दै ती सामाग्री र उपयोग गर्ने तालिम सहयोगको अपेक्षा संघबाट  गरेको थापाले बताए।

भेटमा राजदुत कोडीले सीमित स्रोत र साधनका वावजुद नेपालले विपद् व्यवस्थापनमा खेलेको भूमिका सराहनीय रहेको बताइन्। उनले विपद् व्यवस्थापनका लागि संघले नेपाललाई विभिन्न किसिमका सहयोग गरीरहेको भन्दै थप सहयोग गर्नसमेत आफूहरु तयार रहेको बताइन्। भेटमा नेपाल र युरोपियन संघ आवद्ध मुलुकहरुबीचको सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा गर्ने सहयोगका विषयमा समेत छलफल भएको थियो।  

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.