सुनसरी भिडन्तमा मारिने व्यक्तिमाथि विवेक समूहको दावी

सुनसरी भिडन्तमा मारिने व्यक्तिमाथि विवेक समूहको दावी

विराटनगर : सुनसरीको कोसी गाउँपालिकास्थित प्रहरीसँग दोहोरो भिडन्तमा मारिएको भनिएका व्यक्ति अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा (विवेक समूह) ले आफ्ना केन्द्रीय सदस्य भएको दावी गरेको छ ।

समूहले बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमा सरकारद्वारा गठित राजनीतिक वार्ता टोलीसमक्ष हतियार बुझाउँदै सार्वजनिक हुने क्रममा त्यसबेला प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएको भनिएका व्यक्ति आफ्ना केन्द्रीय नेता भएको जनाएको हो ।

समूहका केन्द्रीय अध्यक्ष विनोदकुमार भनिने विवेक यादवले त्यतिबेला मारिएका व्यक्ति सप्तरीको गोबरगाढा–९ घर भएका आफ्नाे पार्टीका केन्द्रीय सदस्य नसरुल मियाँ भएको बताए ।

‘सरकारी वार्ता टोलीसँग वार्ता गरेर सार्वजनिक हुँदै हामी शान्तिपूर्ण राजनीतिक जीवनमा फर्कने तयारीमा थियौँ,’ उनले भने, ‘त्यही बेला हाम्रा केन्द्रीय सदस्य भने प्रहरीबाट मारिए ।’

वार्ता टोलीसँग वार्ता सकेर सार्वजनिक हुनै लाग्दा भएको घटनालाई यादवले अपराधिक घटनाको संज्ञा दिएका छन् । प्रहरीले भिडन्तमा भारतीय डाँकाको मृत्यु भएको भनेर सार्वजनिक गरेको प्रशंग केलाउँदै उनले मियाँलाई सप्तरीको गोबरगाढाबाटै मारेर ल्याएर प्रहरीले सुनसरीको कोसी गाउँपालिकाको मुसहर टोल नजिकको सीमावर्ती क्षेत्रमा फ्यालेको दावी गरे ।

‘हाम्रा केन्द्रीय सदस्य मियाँलाई सप्तरीमै मारिएको हो । हामी शान्तिपूर्ण राजनीतिमा फर्कने तयारी गरिरहँदा एउटा अपराधिक घटना हुन पुग्यो,’ यादवले भने, ‘तर प्रहरीले दोहोरो भिडन्तमा भारतीय डाँकाको मृत्यु भएको भनेर भ्रामक प्रचार ग¥यो । हामी सार्वजनिक भइनसकेको र भूमिगत अवस्थामै रहेका कारण प्रहरीको झुटो कुराको प्रतिवाद पनि गर्न सकेनौँ ।’

सुनसरी प्रहरी प्रमुख एसपी राजन अधिकारीले भने मृत्यु भएका व्यक्तिको अहिले सम्म पहिचान खुल्न नसकेको जानकारी दिए । ‘ड्युटीमा खटिएका प्रहरीमाथि गोली चलाएपछि दोहोरो भिडन्त भएको र त्यही भिडन्तमा उनको मृत्यु भएको हो,’ उनले भने, ‘त्यतिबेला अन्य केही व्यक्ति प्रहरीको गोली लागेपछि घाइते भएर भारततर्फ भागेको हुनसक्ने आशंका गरिएको छ ।’

गस्तीमा रहेका प्रहरीलाई हतियार सहित आएका व्यक्तिले गोली चलाउन थालेपछि आत्मरक्षाका लागि जवाफी फायरिङ गर्दा पहिचान नखुलेका व्यक्तिको मृत्यु भएको अधिकारीको भनाइ छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीले दोहोरो भिडन्तमा मारिएका व्यक्ति विवेक समूहका केन्द्रीय सदस्य हुनै नसक्ने बताए । ‘उ कोसी गाउँपालिकामा प्रहरीसँगकै दोहोरो भिडन्तमा मारिएको हो,’ उनले भने, ‘सप्तरीमा मारेर ल्याएको लास सुनसरीमा लडाउनु पर्ने कुनै कारण छैन ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.