मन्त्रिपरिषद्का निर्णय सञ्चारमन्त्रीको व्यक्तिगत वेबसाइटमा !

मन्त्रिपरिषद्का निर्णय सञ्चारमन्त्रीको व्यक्तिगत वेबसाइटमा !

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्ना मन्त्रीको कामलाई प्रविधि मैत्री र स्मार्ट बनाउने भन्दै एप्पलको म्याक बुक बाँड्यो। मन्त्रिपरिषद् बैठकलाई कागजबिहीन बनाउने निर्णय साउन ११ गते भएको थियो। 

त्यसपछि सबै मन्त्रीले डायरी होइन म्याकबुक बोक्न थाले। मन्त्रिपरिषद् बैठक कागजबिहीन बनेको केही समयपछि मन्त्रिपरिषद् बैठकले तत्काल कुनै पनि निर्णय सार्वजनिक नगर्ने जनायो। 

मन्त्रिपरिषद् बैठक कागजबिहीन र स्मार्ट भएपछि प्रधानमन्त्रीको कार्यालयको गति भने ठीक उल्टो देखियो। कार्यालयले आफ्नो वेबसाइटमा मन्त्रिपरिषद् बैठकका निर्णय अपडेट नै गर्न छोड्यो।  

अहिले मन्त्रिरिषद् बैठक बसेको केही दिनपछि पत्रकारसम्मेलनमार्फत् निर्णय सार्वजनिक हुने गरेका छन्। तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आधिकारिक वेबसाइटमा भने गत असोजदेखि निर्णय अपडेट गर्न छोडियो। कार्यालयको वेबसाइटमा असोजदेखि मन्त्रिपरिषद्का निर्णय अपडेट नगरिएपछि सर्वसाधरण पनि सूचनाबाट बञ्चित भए।

प्रधानमन्त्री कार्यालयको आधिकारिक वेबसाइटमा अपडेट नहुने सरकारका निर्णय पछिल्ला दिनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको व्यक्तिगत वेबसाइटमा अपडेट हुने गरेका छन्। 

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक भएको केही घण्टामै सञ्चारमन्त्री बाँस्कोटाको व्यक्तिगत वेबसाइटमा अपडेट भए। उनले यसअघि पनि मन्त्रिपरिषद्का निर्णय आफ्नो व्यक्तिगत साइटमा अपलोड गर्दै आएका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुवँरले आफू यसबारे अनभिज्ञ रहेको बताए।  'मलार्इ यसबारे जानकारी नै छैन,' उनले मन्त्रिपरिषद्का निर्णय सरकारको वेबसाइटमा अपडेट नहुनुको कारणबारे भने, 'सम्बन्धित शाखालार्इ जानकारी होला, मैले पनि बुझ्नैपर्छ ।' 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.