नेपाल आइडल : उत्कृष्ट चारबाट विजेता छानिँदै

नेपाल आइडल : उत्कृष्ट चारबाट विजेता छानिँदै

काठमाडौं : एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल-२ मा उत्कृष्ट चारको बिहीबारको प्रस्तुति विशेष रह्यो। यिनै चारबाट अर्को साता नेपाल आइडलको विजेता घोषणा गरिनेछ।

बिहीबार नेपाल आइडलको मञ्च चिटिक्क परेको थियो। विक्रम बराल, रवि ओड, सुमित पाठक र अस्मिता अधिकारी ढाकाको पहिरनमा सजिएका थिए।

ड्यासमा बसेका जज पनि ढाका मिश्रित पहिरनमा आकर्षक देखिएका थिए। कार्यक्रमकी सञ्चालिका रिमा विश्वकर्मा ढाकाको लामो गाउनमा सजिएकी थिइन् भने आसिफ शाहले ढाकाकै कोटमा नेपालीपन झल्काएका थिए।

कार्यक्रमको सुरुआतमा रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको शुभकामना सन्देशको भिडियो क्लिप प्रदर्शन गरिएको थियो। 

जजहरू कालीप्रसाद बास्कोटा, न्ह्यु वज्राचार्य र इन्दिरा जोशीले पनि गीत गाएर कार्यक्रमको रौनक बढाएका थिए। उत्कृष्ट चारको अब्बल प्रस्तुतिमा दर्शकहरू झुमिरहेका थिए।

हरेक प्रतियोगीले दुईवटा गीत मिश्रण गरेर आवाज दिएका थिए। कार्यक्रममा पहिलो प्रस्तुतिका लागि रवि मञ्चमा देखा परे। उनले ‘दैव हे’ बोलको गीतमा बेजोड प्रस्तुति दिएका थिए। सुदूरपश्चिमका एकमात्र विजेताका दाबेदार रविले पछिल्लो समय आफूलाई निकै परिस्कृत गरेका छन्।

कार्यक्रमको दोस्रो प्रस्तुतिका लागि जज कालीप्रसाद बास्कोटा मञ्चमा उपस्थित भए। ‘निर जैले रिसाउनी’ बोलको गीतमा सुमधुर आवाज र रोमान्टिक प्रस्तुतिका साथ मञ्च तताउन सफल भए उनी।

विक्रमको स्वरमा नेपाल आइडल मन्त्रमुग्ध बन्यो। सबैको हौसला र तारिफ पाउन सफल बरालले ‘मेरो बेहोशी आज’ र ‘चिठीभित्र’ बोलको दुईवटा गीतलाई एकै बसाइमा सँगसँगै गाएका थिए। उनको प्रस्तुति अब्बल थियो।

यसलगत्तै निकै लामो आलाप गुनगुनाउँदै मञ्चमा देखा परिन्, जज इन्दिरा जोशी। उनले ‘जाऊँ कि नजाऊँ’ बोलको गीतमा निकै सुमधुर आवाज दिएकी थिइन्।

‘मै नाचेँ छमछमी’ बोलको गीतमा शरीरको ताल मिलाउँदै मञ्चमा देखा परे सुमित। यसका साथै उनले ‘जहाँ छन् बुद्धका आँखा’ बोलको गीतमा पनि निकै सुमधुर आवाज दिएका थिए।

‘फूलको आँखामा फूलै संसार’ बोलको गीत गुनगुनाउँदै मञ्चमा देखा परे आइडलका जज न्ह्यु वज्राचार्य। उनले गीत गाउँदा सबैजना चुपचाप संगीतमा हराएका थिए।

नेपाल आइडलकी दाबेदार एकमात्र महिला प्रतियोगी अस्मिताले ‘कहिलेकहीँ मलाई पनि’ बोलको गीतमा आवाज दिइन्। यसका साथै ‘मेरो माया कतारमा’ बोलको गीत पनि मि श्रण गरेर गुनगुनाएकी थिइन्। कहिले रक, कहिले लोक, आधुनिक, सेन्टिमेन्टल हरेक प्रकारका गीतमा आफूलाई अब्बल साबित गरिसकेकी अस्मिताले धमाकेदार प्रस्तुति दिइन्।

आउने पुस ६ गते नेपाल आइडल विजेता घोषणा हुने कार्यक्रमका प्रोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिए। 

अघिल्लो हप्ताको कार्यक्रमपछि चारैजना प्रतियोगी आआफ्ना घर गएका थिए। शुक्रबारको कार्यक्रममा कोही पनि इलिमेट नहुने र होम भिजिटको भिडियो प्रदर्शन गरिने पौडेलले बताए। 

उनले यसपटकको नेपाल आइडलमा उत्कृष्ट चारबाट नै विजेता घोषणा गरिने जानकारी दिए। फाइनल कार्यक्रम नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा हुनेछ।

नेपाल आइडलको यात्रामा आफूसँग अनगिन्ती अनुभव रहेको बताउँदै उनले यसको स्क्रिप्ट र भाषामा अत्यन्तै लगावले काम गरेको बताए।

‘मन जित्छ उसले राम्रो गाउँछ जसले’ नाराका साथ सुरु भएको नेपाल आइडल-२ साउन २४ देखि सुरु भएको हो। नेपाल आइडलको प्रोजेक्ट हेड सुरेश पौडेल तथा निर्देशकहरू एलन श्रेष्ठ र लोकेश वज्राचार्य छन्।  भिडियाे :


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.