रियल म्याड्रिडको लज्जास्पद हार

रियल म्याड्रिडको लज्जास्पद हार

म्याड्रिड : युरोपियन च्याम्पियन्स लिग फुटबलको बिहीबार बिहान खेलिएको खेलमा तीन पटकको साबिक विजेता रियल म्याड्रिडले घरेलु मैदानमै लज्जास्पद हात व्यहोरेको छ। रुसी क्लब सीएसकेए मस्कोले रियललाई ३-० गोलले हरायो। युरोपियन फुटबलमा रियलले घरेलु मैदानमा भोगेको यो सबैभन्दा ठूलो अन्तरको हार हो। हारका बाबजुद रियल (१२ अंक) समूह ‘जी’ बाट विजेताका रूपमा नकआउट चरणमा पुगेको छ। समूहगत चरणको अन्तिम खेलमा जित हात पारे पनि सीएसकेए मस्को भने प्रतियोगिताबाट बाहिरिएको छ।

सोही समूहको अर्को खेलमा चेक गणतन्त्रको भिक्टोरिया पल्जनले घरेलु मैदानमा इटालियन प्रतिद्वन्द्वी एएस रोमालाई २-१ गोलले हरायो। हारे पनि रोमा नौ अंकसहित उपविजेताका रूपमा नकआउट चरणमा पुग्न सफल भयो। सात अंकसहित तेस्रो भएको भिक्टोरिया पल्जनले भने युरोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिग खेल्न पाउने भएको छ। सीएसकेए मस्कोका लागि फेदोर चालोभले ३७औं, जर्जी स्चेनिकोभले ४३औं र आर्नर सिगुर्डसनले ७३औं मिनेटमा गोल गरे।

समूह ‘एफ’ अन्तर्गतको खेलमा इङ्लिस क्लब म्यानचेस्टर सिटीले घरेलु मैदानमा जर्मनीको होफेनहिमलाई २-१ गोलले हरायो भने युक्रेनको साख्तर डोनेस्कलाई उसैको मैदानमा फ्रान्सेली क्लब लियोनले १-१ गोलको बराबरीमा रोक्यो। सो समूहबाट १३ अंकसहित म्याचेस्टर सिटी विजेता र आठ अंकसहित लियोन उपविजेताका रूपमा नकआउट चरणमा पुगे। ६ अंकसहित तेस्रो भएको साख्तरले भने युरोपा लिग खेल्ने अवसर पायो। म्यानचेस्टर सिटीका लागि दुवै गोल लेरोय सेनले गरेका थिए।

समूह ‘एच’ अन्तर्गतको खेलमा स्पेनिस क्लब भ्यालेन्सियाले घरेलु मैदानमा बलियो इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई २-१ गोलले हरायो भने स्विस क्लब योङ ब्वाइजले पनि घरेलु मैदानमै इटालियन पावर हाउस युभेन्ट्समाथि २-१ गोलकै जित हासिल ग¥यो। सो समूहबाट १२ अंकसहित युभेन्ट्स विजेता र १० अंकसहित म्यानचेस्टर युनाइटेड उपविजेताका रूपमा नकआउट चरणमा पुगे। आठ अंकसहित तेस्रो बनेको भ्यालेन्सियाले युरोपा लिग खेल्ने अवसर पायो।

यसैगरी समूह ‘ई’ अन्तर्गतको खेलमा डच क्लब आयाक्सले घरेलु मैदानमा बलियो जर्मन क्लब बायर्न म्युनिखलाई ३-३ गोलको बराबरीमा रोक्यो भने पोर्चुगिज क्लब बेनफिकाले पनि घरेलु मैदानमै ग्रिसका एईके एथेन्सलाई १-० गोलले पाखा लगायो। सो समूहबाट १४ अंकसहित बायर्न म्युनिख विजेता र १२ अंकसहित आयाक्स उपविजेताका रूपमा नकआउट चरणमा पुगे। सात अंकसहित तेस्रो बनेको बेनफिकाले भने युरोपा लिग खेल्ने अवसर पायो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.