डोल्पामा हिमपातले वार्षिक परीक्षा प्रभावित

डोल्पामा हिमपातले वार्षिक परीक्षा प्रभावित

डोल्पा : हिमपात भएपछि डोप्पा जिल्लाका ४ स्थानीयतहमा वार्षिक परीक्षा प्रभावित भएको छ। गएराति परेको हिउँले चिसो अत्याधिक बढेपछि परीक्षा समेत प्रभावित भएको भगवती माध्यामिक विद्यायका शिक्षक मुननान्द ऐडीले बताए। 

जिल्लाका जगदुल्ला गाउँपालिका,मुड्केचुला गाउँपालिका,त्रिपूरासुन्दरी नगरपालिकाका अधिकांश विद्यालय,डुलीभेरि नगरपालिकाका माझफालाका विद्यालयको परीक्षा हिमपातले प्रभावित भएको हो।

दिनभर बदली भयो, रातिदेखि परेको हिउँ २ इन्चसम्म जमेको छ, तापक्रम माइनस ६ सम्म पुगेको छ, विद्यार्थीले परीक्षामा लेख्न सक्ने अवस्था पनि छैन, त्रिपूरा माध्यामिक विद्यालयका प्रधानाध्यापक जयबहादुर बस्नेतले बताए।

'हिउँदमा चिसो हुने भएकारले डोल्पामा मंसिरमा नै वार्षिक परीक्षा हुने गर्दछ, त्यही परीक्षा पनि हिमपातले प्रभावित गर्‍यो, महादेव निमाविका प्रधानाध्यापक सूर्यबहादुर थापाले भने। 

कठ्यांग्रिदो जाडो र हिउँमा पनि डोल्पाका बालबालिकाले वार्षिक परीक्षा दिने भएका छन्। यहि २६ गतेबाट माथिल्लो डोल्पा बाहेक तल्लो डोल्पामा वार्षिक परीक्षा सुरु भएको छ। 

माइनस डिग्री तापक्रममा परीक्षा दिइरहेका बालबालिका अभिभावक समेत चिन्तित भएका छन्।अघिल्ला वर्षको तुलनामा यस वर्ष डोल्पामा हिमपात छिटो भएको छ।

स्थानीयले आशा गरेअनुसार हिमपात नभएपनि समयमा नै हिमपात हुनु राम्रो भएको स्थानीय राजबहादुर थापाले जानकारी दिए। उनले भने,' जति हिउँदमा हिमपात हुन्छ, त्यति नै बाली राम्रो हुन्छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.