ईपीएल क्रिकेट : चारवटै टोलीलाई जित आवश्यक

ईपीएल क्रिकेट : चारवटै टोलीलाई जित आवश्यक

काठमाडौं  : एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा शुक्रबार दुई महत्वपूर्ण खेल हुनेछन्। पहिलो खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सको सामना गर्नेछ भने दोस्रो खेल पोखरा राइनोज र काठमाडौं किङ्स इलाभेनबीच हुनेछ।

प्रतियोगितामा प्ले अफ चरणको सम्भावना जीवित राख्न चितवन र पोखरालाई यो खेलमा जित अत्यावश्यक छ। पराजयको नतिजाले प्ले अफ चरणको सम्भावना समाप्त हुने निश्चित छ। त्यसैले शुक्रबारका यी दुवै खेल रोमाञ्चक हुने अनुमान गरिएको छ।

प्रतियोगितामा आफ्नो सुरुआती तीनमध्ये तीनै खेल गुमाएको चितवन र पोखराले प्रतियोगितामा अहिलेसम्म अंक जोड्न सकेका छैनन्। राउन्ड रोबिन लिग चरणमा अब आफ्नो अन्तिम दुई चरणको खेल मात्रै बाँकी रहेकाले चितवन र पोखरा दुवै मुस्किल अवस्थामा छन्। चितवन र पोखरालाई शुक्रबार क्रमसः विराटनगर र काठमाडौंलाई पराजित गरेर मात्रै पनि पुग्ने छैन।

राउन्ड रोबिन लिग चरणको अन्तिम खेलमा एकअर्काविरुद्ध पनि खेल्न बाँकी रहेकाले चितवन र पोखरामध्ये एक टोलीसँग मात्रै प्ले अफ चरणमा पुग्ने सम्भावना रहन्छ। त्यही सम्भावना जीवित राख्न समेत दुवै टोलीलाई बाँकी रहेको दुवै खेलमा जित हात पार्दै विराटनगरको रन रेट र काठमाडौंको अन्तिम खेलको नतिजा कुर्नुपर्ने हुन्छ।

प्रतियोगिताको प्ले अफ चरणको यात्रा निश्चित गर्न विराटनगर र काठमाडौंका लागि समेत जित अत्यावश्यक भएकाले चितवन र पोखराकाले यो सिजन समेत गत संस्करणकै नतिजा बेहोर्ने सम्भावना बढी छ। ६ टोली सम्मिलित प्रतियोगितामा गत संस्करणमा चितवन अन्तिम भएको थियो भने पोखरा चौथो स्थानमा रहेको थियो।

ज्ञानेन्द्रलाई अक्सरको प्रायोजन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान तथा प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्ललाई क्रिकेट सामग्री उत्पादक कम्पनी अक्सर इन्डस्ट्रिजले आर्थिक तथा खेल सामग्री प्रायोजन गरेको छ। यस सम्बन्धी सम्झौतामा ज्ञानेन्द्रले बिहीबार अक्सर इन्डस्ट्रिजका प्रतिनिधि केयुर देसाईसँग हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार अक्सर इन्डस्ट्रिजले ज्ञानेन्द्रलाई क्रिकेट सामग्री र आर्थिक गरी वार्षिक पाँच लाख बराबरको सहयोग गर्ने छ।

ज्ञानेन्द्रसँगको सम्झौता अवधि दुई वर्षको रहेको जनाइएको छ। प्रायोजन सम्बन्धी बिहीबार मात्रै सम्झौता भए पनि जारी एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा ललितपुर प्याट्रिवट्सका कप्तान ज्ञानेन्द्रले अक्सर इन्डस्ट्रिजको उत्पादन ट्विस्टर ब्याट प्रयोग गर्दै आइरहेका छन्। यसपछिका प्रतियोगितामा समेत ज्ञानेन्द्रले ट्विस्टर ब्याट नै प्रयोग गर्ने छन्।

अक्सर इन्डस्ट्रिजले यस अघि भारतको यू–१९ तथा प्रथम श्रेणीका खेलाडीका लागि समेत क्रिकेट सामग्रीको प्रायोजन गर्दै आइरहेको छ। भारत बाहिरका खेलाडीलाई भने पहिलो पटक प्रायोजन गरेको जनाइएको छ। ज्ञानेन्द्रसँगको सम्झौतासँगै अक्सरले आफ्नो उत्पादन ट्विस्टर ब्याटसहित अन्य क्रिकेट सामग्री पनि ज्ञानेन्द्रको काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) मा समेत बिक्रीका लागि उपलब्ध गराउने भएको छ। भारतीय कम्पनी अक्सर इन्डस्ट्रिजले सन् २०१४ यता क्रिकेट सामग्रीको उत्पादन गर्दै आइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.